लन्डन । बेलायतको उत्तरी भाग क्याट्रिकमा बसोबास गर्ने नेपालीहरुको समाज ब्रिटिश गोरखा नेपलिज कम्युनिटी क्याट्रिकले नेपालमा केही महिनाअघि गएको बाढीपहिरोमा परेका दुई परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समाजका अनुसार झापा सिमलबारी ३ का टेकबहादुर दर्नाललाई २ लाख १२ हजार र चितवनस्थित राप्ति नगरपालिका १३ की ६० वर्षीय मैया माया चेपाङलाई २ लाख ५० हजार रुपियाँ घर बनाउनका लागि सहयोग गरिएको हो । दर्नालले बाढीमा श्रीमती छोरी र घर गुमाएका छन् । यसैगरी चेपाङले श्रीमान गुमाएकी छिन् । उनी आफैँलाई पहिरोले थिचेको थियो ।
नेपाली भाषा संस्कृतिको जगेर्ना र आपसी सद्भाव कायम गर्ने उद्देश्य राखेर स्थापित कम्युनिटीले बाढी पीडिलाई सहयोग संकलनका लागि ज्ञानेन्द्र आलेको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिले ३ हजार ३४९ पाउन्ड ३२ पेन्स सहयोग संकलन गरेको थियो ।
समाजले यसअघि महाभूकम्प पीडितका लागि करिब ३० लाख नेपाली रुपियाँ बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।
समाजका अध्यक्ष रामबहादुर मल्ल र संयोजक आलेले सहयोग संकलनमा सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता