लन्डन । बेलायतको उत्तरी भाग क्याट्रिकमा बसोबास गर्ने नेपालीहरुको समाज ब्रिटिश गोरखा नेपलिज कम्युनिटी क्याट्रिकले नेपालमा केही महिनाअघि गएको बाढीपहिरोमा परेका दुई परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समाजका अनुसार झापा सिमलबारी ३ का टेकबहादुर दर्नाललाई २ लाख १२ हजार र चितवनस्थित राप्ति नगरपालिका १३ की ६० वर्षीय मैया माया चेपाङलाई २ लाख ५० हजार रुपियाँ घर बनाउनका लागि सहयोग गरिएको हो । दर्नालले बाढीमा श्रीमती छोरी र घर गुमाएका छन् । यसैगरी चेपाङले श्रीमान गुमाएकी छिन् । उनी आफैँलाई पहिरोले थिचेको थियो ।
नेपाली भाषा संस्कृतिको जगेर्ना र आपसी सद्भाव कायम गर्ने उद्देश्य राखेर स्थापित कम्युनिटीले बाढी पीडिलाई सहयोग संकलनका लागि ज्ञानेन्द्र आलेको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिले ३ हजार ३४९ पाउन्ड ३२ पेन्स सहयोग संकलन गरेको थियो ।
समाजले यसअघि महाभूकम्प पीडितका लागि करिब ३० लाख नेपाली रुपियाँ बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।
समाजका अध्यक्ष रामबहादुर मल्ल र संयोजक आलेले सहयोग संकलनमा सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ