लन्डन । लन्डनमा शुक्रबार बिहान भूमिगत रेल (अण्डरग्राउण्ड ट्रेन) मा विष्फोट गराउन संलग्न रहेको आशंकामा केन्ट प्रहरीले शनिबार एक युवालाई पक्राउ गरेको छ । शुक्रबार रातभरको खोजीपछि प्रहरी संदिग्ध आक्रमणकारीलाई गिरफ्तार गर्न सफल भएको हो । १८ वर्षीय ति युवालाई ‘टेरोरिजम एक्टको सेक्सन ४१’ अन्तर्गत बेलायतको डोभर पोर्टबाट पक्राउ गरिएको छ । उनलाई साउथ लन्डन पुलिस स्टेशन ल्याइने प्रहरीले जनाएको छ । तर, ति युवाबारे प्रहरीले विस्तृत बताएको छैन् ।
प्रति आतंकवादका वरिष्ठ राष्ट्रिय संयोजक डेपुटी असिस्टेन्ट कमिश्नर निल बासुले युवा पक्राउसंगै अनुसन्धानमा थप सफलता मिलेको बताएका छन् ।
शुक्रबार व्यस्त कार्यालय समय बिहान ८.२० मा साउथ वेष्ट लन्डनको पार्सन्स् ग्रीन स्टेसनमा विष्फोट भएको थियो । टाइमरबाट गराइएको उक्त विष्फोटका कारण २९ जना घाइते भएका छन् । घाइते धेरैको अनुहार जलेको छ । तर, आतंककारीको योजना अनुरुप उक्त विस्फोट नभएपछि सयौं यात्रुको ज्यान जोगिएको छ । रेलमा कम्तीमा ८ सय यात्रु रहेको अनुमान छ । उक्त आक्रमणको आइसीलले जिम्मेवारी लिएको छ ।
बेलायत आतंकवादी आक्रमणको उच्च जोखिममा
बेलायत अन्तर्राष्ट्रिय आतंकवादी आक्रमणको उच्च जोखिममा रहेको निष्कर्षसहित सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री टेरेजा मे र प्रति आतंकवादका वरिष्ठ राष्ट्रिय संयोजक डेपुटी असिस्टेन्ट कमिश्नर निल बासुले बेलायतमा आतंकवादी हमलाको उच्च खतरा (क्रिटिकल लेभल) रहेको बताउंदै सावधानी अपनाउन अपिल गरेका छन् । ‘क्रिटिकल लेभल’ भन्नाले कुनै पनि बेला अर्को आक्रमण हुन सक्छ । जोइन्ट टेरोरिजम एनलाइसिस सेन्टरले आतंकवादी आक्रमणको उच्च खतरा रहेको निष्कर्ष निकालेको हो ।
अहिले बेलायतको राजधानी लन्डनका मुख्य ठाउंहरुमा सेना परिचालन गरिएको छ ।
आतंकवादी आक्रमणको खतरालाई पांच तहमा वर्गीकरण गरिएको छ । ‘क्रिटिकल लेभल’ पुगेपछि ५ हजारसम्म सशस्त्र सेनालाई शहरका विभिन्न प्रमुख स्थान, बजार, यातायात क्षेत्र र भीडभाडमा परिचालन गरिन्छ ।
सन् २००६, १ अगष्टमा आधिकारिक रुपमा जोखिमको तह वर्गीकरण गरिएपछि क्रिटिकल लेभलसम्म पुगेको यसपटक चौंथो हो ।
सन् २०१७ मा मात्र बेलायतको संसद भवन नजिक वेष्ट मिनिष्टर, फिन्सबरी पार्क, म्यानचेस्टर र लन्डनब्रीज गरि चार प्रमुख आतंकवादी आक्रमण भए ।
म्यानचेस्टरमा गत मे २२ मा आयोजित अमेरिकी गायिका एरियाना ग्रान्डेको एउटा कन्सर्टमा गरिएको आत्मघाती विस्फोटमा २२ जना मारिएका थिए भने ५९ जना घाइते भएका थिए ।
गत जुन ३ मा लन्डनब्रीजमा आतंककारीले भ्यान कुंदाइ लगत्तै छुरा हानेर ८ सर्वसाधारणको हत्या गरेको थियो । घट्नामा तीन आतंककारी पनि मारिएका थिए ।
त्यसैगरि गत मार्च २२ मा वेष्ट मिनिस्टर ब्रीजमा एकजना आतंककारीले अन्धाधुन्ध कार कुदाउंदा प्रहरीसहित ५ जनाको ज्यान गएको थियो । पछि प्रहरीले उक्त आतंककारीलाई गोली हानी मारिदिएको थियो । इकान्तिपुर
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न