लन्डन । लन्डनमा शुक्रबार बिहान भूमिगत रेल (अण्डरग्राउण्ड ट्रेन) मा विष्फोट गराउन संलग्न रहेको आशंकामा केन्ट प्रहरीले शनिबार एक युवालाई पक्राउ गरेको छ । शुक्रबार रातभरको खोजीपछि प्रहरी संदिग्ध आक्रमणकारीलाई गिरफ्तार गर्न सफल भएको हो । १८ वर्षीय ति युवालाई ‘टेरोरिजम एक्टको सेक्सन ४१’ अन्तर्गत बेलायतको डोभर पोर्टबाट पक्राउ गरिएको छ । उनलाई साउथ लन्डन पुलिस स्टेशन ल्याइने प्रहरीले जनाएको छ । तर, ति युवाबारे प्रहरीले विस्तृत बताएको छैन् ।
प्रति आतंकवादका वरिष्ठ राष्ट्रिय संयोजक डेपुटी असिस्टेन्ट कमिश्नर निल बासुले युवा पक्राउसंगै अनुसन्धानमा थप सफलता मिलेको बताएका छन् ।
शुक्रबार व्यस्त कार्यालय समय बिहान ८.२० मा साउथ वेष्ट लन्डनको पार्सन्स् ग्रीन स्टेसनमा विष्फोट भएको थियो । टाइमरबाट गराइएको उक्त विष्फोटका कारण २९ जना घाइते भएका छन् । घाइते धेरैको अनुहार जलेको छ । तर, आतंककारीको योजना अनुरुप उक्त विस्फोट नभएपछि सयौं यात्रुको ज्यान जोगिएको छ । रेलमा कम्तीमा ८ सय यात्रु रहेको अनुमान छ । उक्त आक्रमणको आइसीलले जिम्मेवारी लिएको छ ।
बेलायत आतंकवादी आक्रमणको उच्च जोखिममा
बेलायत अन्तर्राष्ट्रिय आतंकवादी आक्रमणको उच्च जोखिममा रहेको निष्कर्षसहित सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री टेरेजा मे र प्रति आतंकवादका वरिष्ठ राष्ट्रिय संयोजक डेपुटी असिस्टेन्ट कमिश्नर निल बासुले बेलायतमा आतंकवादी हमलाको उच्च खतरा (क्रिटिकल लेभल) रहेको बताउंदै सावधानी अपनाउन अपिल गरेका छन् । ‘क्रिटिकल लेभल’ भन्नाले कुनै पनि बेला अर्को आक्रमण हुन सक्छ । जोइन्ट टेरोरिजम एनलाइसिस सेन्टरले आतंकवादी आक्रमणको उच्च खतरा रहेको निष्कर्ष निकालेको हो ।
अहिले बेलायतको राजधानी लन्डनका मुख्य ठाउंहरुमा सेना परिचालन गरिएको छ ।
आतंकवादी आक्रमणको खतरालाई पांच तहमा वर्गीकरण गरिएको छ । ‘क्रिटिकल लेभल’ पुगेपछि ५ हजारसम्म सशस्त्र सेनालाई शहरका विभिन्न प्रमुख स्थान, बजार, यातायात क्षेत्र र भीडभाडमा परिचालन गरिन्छ ।
सन् २००६, १ अगष्टमा आधिकारिक रुपमा जोखिमको तह वर्गीकरण गरिएपछि क्रिटिकल लेभलसम्म पुगेको यसपटक चौंथो हो ।
सन् २०१७ मा मात्र बेलायतको संसद भवन नजिक वेष्ट मिनिष्टर, फिन्सबरी पार्क, म्यानचेस्टर र लन्डनब्रीज गरि चार प्रमुख आतंकवादी आक्रमण भए ।
म्यानचेस्टरमा गत मे २२ मा आयोजित अमेरिकी गायिका एरियाना ग्रान्डेको एउटा कन्सर्टमा गरिएको आत्मघाती विस्फोटमा २२ जना मारिएका थिए भने ५९ जना घाइते भएका थिए ।
गत जुन ३ मा लन्डनब्रीजमा आतंककारीले भ्यान कुंदाइ लगत्तै छुरा हानेर ८ सर्वसाधारणको हत्या गरेको थियो । घट्नामा तीन आतंककारी पनि मारिएका थिए ।
त्यसैगरि गत मार्च २२ मा वेष्ट मिनिस्टर ब्रीजमा एकजना आतंककारीले अन्धाधुन्ध कार कुदाउंदा प्रहरीसहित ५ जनाको ज्यान गएको थियो । पछि प्रहरीले उक्त आतंककारीलाई गोली हानी मारिदिएको थियो । इकान्तिपुर
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा