
मस्को, ३० भदौ । रसियाले उत्तर कोरियाद्वारा शुक्रबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको छ ।
रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्ने बताउनुभएको छ ।
उहाँलाई उद्धृत गरी यहाँको समाचार संस्था तास न्यूज एजेन्सीले भनेको छ, ‘रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ ।’ उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रलाई शुक्रबार जापानको आकासमा हानेको थियो ।
यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका थिए । उनीहरूले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।
उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा अत्यन्तै शक्तिशाली हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय