सगुनमा लगानी बढ्दै, १६ सेप्टेम्बरमा मोवाइल एपको पहिलो डेमो प्रदर्शन गरिने

लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ मा लगानीको आकर्षण बढ्दै गएको छ । सगुनले बेलायतबाट गत १८ अगष्टमा रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो । त्यसयता झण्डै चार करोड रुपैयांको प्रतिवद्धता आइसकेको सगुनले जनाएको छ ।

सगुनका सिइओ तथा संस्थापक गोविन्द 
गिरीसहितका प्रवर्धकहरुको समूह गत महिना बेलायत आएको थियो । उनीहरुको ‘प्रिजेन्टेसन’ बाट सर्वसाधारणले सगुनबारे राम्ररी बुझ्न पाएका छन् । बेलायतका एकजना प्रभावशाली समाजसेवी सूर्य गुरुङको समेत सगुनमा सक्रियता छ ।

नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा लगानी गर्न अहिले सगुनले प्रेरित गरिरहेको छ ।

सगुनको न्यूनतम लगानी एकहजार डलर राखिएको छ । पहिलो पटक क्रेडिट वा डेविट कार्डबाट पनि प्रतिवद्धता अनुरुप लगानी रकम तिर्न सकिनेछ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।

हालसम्म ३६७८ जनाले लगानी गरेको जनाउंदै सगुनले ८ हजार लगानीकर्ता पुरयाएर विश्वकै सबैभन्दा ठूलो ‘कम्युनिटी बेस्ड कम्पनी’ बन्ने लक्ष्य प्रस्तुत गरेको छ । सन् २०२० सम्म आफ्नो भ्यालुएसन ५ बिलियन डलर हुने सगुनको दावी छ ।

पहिलो चरणमा विश्वका ६१ देशका ३४ सय भन्दा बढिले लगानी गरेका र तिमध्ये ९० प्रतिशत गैर आवासीय नेपाली भएको सगुनका प्रवर्धकले बताएका छन् ।

यसैबीच, सगुनले एन्ड्रोयड मोवाइल एप तिहारसम्म ल्याउने तयारी गरेको छ । औपचारिक रुपमा मोवाइल एप ल्याउनुअघि सगुनले भोलि सेप्टेम्बर १६ तारिख बिहान यूके समय अनुसार ९.४५ बजे मोवाइल एपको पहिलो डेमो प्रदर्शन गर्ने भएको छ । डेमोबाट सगुनका मोबाइल एप प्रयोगकर्तालाई अझ सहज हुने विश्वास गरिएको छ ।

‘कनेक्ट, सेयर, अर्न’ नारा राखेको सगुनले आफ्नो ड्रिम प्रोजेक्ट ‘सोसियल स्मार्ट कार्ड’ सन् २०१८ को पहिलो त्रैमासिक भित्र बजारमा ल्याउने गरि गृहकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री