लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ मा लगानीको आकर्षण बढ्दै गएको छ । सगुनले बेलायतबाट गत १८ अगष्टमा रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो । त्यसयता झण्डै चार करोड रुपैयांको प्रतिवद्धता आइसकेको सगुनले जनाएको छ ।
सगुनका सिइओ तथा संस्थापक गोविन्द गिरीसहितका प्रवर्धकहरुको समूह गत महिना बेलायत आएको थियो । उनीहरुको ‘प्रिजेन्टेसन’ बाट सर्वसाधारणले सगुनबारे राम्ररी बुझ्न पाएका छन् । बेलायतका एकजना प्रभावशाली समाजसेवी सूर्य गुरुङको समेत सगुनमा सक्रियता छ ।
नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा लगानी गर्न अहिले सगुनले प्रेरित गरिरहेको छ ।
सगुनको न्यूनतम लगानी एकहजार डलर राखिएको छ । पहिलो पटक क्रेडिट वा डेविट कार्डबाट पनि प्रतिवद्धता अनुरुप लगानी रकम तिर्न सकिनेछ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
हालसम्म ३६७८ जनाले लगानी गरेको जनाउंदै सगुनले ८ हजार लगानीकर्ता पुरयाएर विश्वकै सबैभन्दा ठूलो ‘कम्युनिटी बेस्ड कम्पनी’ बन्ने लक्ष्य प्रस्तुत गरेको छ । सन् २०२० सम्म आफ्नो भ्यालुएसन ५ बिलियन डलर हुने सगुनको दावी छ ।
पहिलो चरणमा विश्वका ६१ देशका ३४ सय भन्दा बढिले लगानी गरेका र तिमध्ये ९० प्रतिशत गैर आवासीय नेपाली भएको सगुनका प्रवर्धकले बताएका छन् ।
यसैबीच, सगुनले एन्ड्रोयड मोवाइल एप तिहारसम्म ल्याउने तयारी गरेको छ । औपचारिक रुपमा मोवाइल एप ल्याउनुअघि सगुनले भोलि सेप्टेम्बर १६ तारिख बिहान यूके समय अनुसार ९.४५ बजे मोवाइल एपको पहिलो डेमो प्रदर्शन गर्ने भएको छ । डेमोबाट सगुनका मोबाइल एप प्रयोगकर्तालाई अझ सहज हुने विश्वास गरिएको छ ।
‘कनेक्ट, सेयर, अर्न’ नारा राखेको सगुनले आफ्नो ड्रिम प्रोजेक्ट ‘सोसियल स्मार्ट कार्ड’ सन् २०१८ को पहिलो त्रैमासिक भित्र बजारमा ल्याउने गरि गृहकार्य गरिरहेको जनाएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन