सोल, ३० भदौ । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ ।
यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले शुक्रबार पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।
उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो । सो परीक्षण अत्यन्तै शक्तिशाली थियो । आज पुनः गरेको उसको यो आर्काे क्षेप्यास्त्र परीक्षण सातौँ पटक हो ।
यो परीक्षणमा पनि हाइड्रोजन बमका सेलहरु राखिएको अनुमान गरिएको छ । उत्तर कोरियाले यस कुराको स्वीकार पनि गरेको बताइएको छ ।
यो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दुरीमा पुग्न सक्ने क्षमताको रहेको बताइएको छ । उत्तर कोरियाले पनि सो कुराको पुष्टी गरेको छ ।
अमेरिकाले यसलाई मध्यम दुरीको क्षेप्यास्त्र हो भनेको छ । उसले अमेरिका र प्यासिफिक क्षेत्रका लागि यो क्षेप्यास्त्र कुनै चुनौती बन्न नसक्ने पनि निष्कर्ष निकालेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र ३७ सय किलोमीटर टाढासम्म र ७७० किलोमीटर उचाइमा पुग्न सक्ने क्षमताको रहेको देखाएको बताएको छ ।
यस ब्यालेस्टिक क्षेप्यास्त्र पनि शक्तिशाली रहेको उसको निष्कर्ष छ । यो क्षेप्यास्त्र जापानको आकासमा हानिएको छ । जापानको होकाइदो टापूको आकासमा यो क्षेप्यास्त्र पुगेको पुष्टी भएको छ ।
यस कुराको पुष्टी जापान र उत्तर कोरियाले पनि गरेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि यस कुराको पुष्टी गरेको छ । जापानले यस घटनाको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेको छ ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले शुक्रबार बिहान हानेको क्षेप्यास्त्र हाइड्रोजन बम मिसाउन सक्ने खालको रहेको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको पनि जनाएका हुन् ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।
उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा हतियारको होडको त्रास बढाएको र विश्व शान्तिमा चुनौती थपिएको विश्लेषण गरिएको छ ।
संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो क्षेप्यास्त्र परीक्षणको कोरियाली शृंखलालाई रोक्न सकेसम्म वार्ता र नभए अन्य विकल्पहरु खोज्न ढिला गर्न नहुने बताएका छन् ।
सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच उत्तर कोरियाको आणविक परीक्षणका बारेमा आवश्यक छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबारै आकस्मिक बैठक बोलाएको छ ।
न्युयोर्कबाट प्राप्त समाचारअनुसार सुरक्षा परिषदको बैठक शुक्रबार अबेर बोलाइएको छ । उक्त बैठकमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका बारेमा आवश्यक छलफल हुनेछ ।
यसै हप्तामात्र उक्त परिषदबाट उत्तर कोरियामाथि कडा खालको नाकाबन्दी लगाइएको थियो । अमेरिकी प्रस्तावमा लगाइएको सो नाकाबन्दीको उत्तर कोरियाले विरोध गरेको थियो ।
उत्तर कोरियाले शुक्रबार गरेको यो ब्यालेस्टिक परीक्षण पनि सोही नाकाबन्दीको विरुद्धमा केन्द्रित रहेको जनाएको छ । उत्तर कोरियाले आफूमाथि नाकाबन्दी लगाउने अमेरिका र उसका सहयोगी देशलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिले बोलाउनुभयो आकस्मिक सुरक्षा बैठक
यसैबीच दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले शुक्रबारै राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।
उहाँले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोले यसलबाट कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाउनुभएको हो ।
यहाँका राष्ट्रपतिको कार्यालय ब्ल्यू हाउसले दिएको जानकारीअनुसार उहाँले शुक्रबार अपराह्न सो बैठकको आह्वान गर्नुभएको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण जापान र दक्षिण कोरियामा तनाव उत्पन्न भएको छ । यस अघि पनि १२ दिनअघि उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणका कारण ५.६ म्याग्निच्युडको कम्पन महसुस गरिएको बताइएको थियो ।
जापानद्वारा वार्ताका लागि आग्रह
त्यसैगरी जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई यो आणविक परीक्षणको कार्यलाई तत्कालै रोकेर शान्ति वार्ताका लागि आग्रह गर्नुभएको छ ।
साथै उहाँले यसका कार्यका विरुद्धमा विश्व समुदायको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ– उत्तर कोरियाको यो कार्यले विश्व शान्तिमाथि नै धावा बोलिरहेको छ, अब उसका विरुद्धमा एक हुनु जरुरी छ ।
उहाँले उत्तर कोरियाले यसरी नै हतियारको होडलाई जारी राख्ने हो भने यसबाट उसको भविश्य पनि राम्रो हुनेछैन भन्ने कुरा विश्व समुदायले नै जानकारी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
जापानी प्रधानमन्त्री अबेले भन्नुभएको छ, “यी परीक्षणहरु शक्तिशाली छन् र यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।”
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी