लन्डन । साहित्यकार अमर न्यौपाने लन्डनमा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले बिहीबार हिमालय क्लब सडबरीमा एक समारोहबीच न्यौपानेलाई ६० हजार रुपैयां राशीको ‘अनेवा नक्षेत्र’ पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, साहित्यकार गोविन्दराज विनोदी र वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीले न्यौपानेलाई पुरस्कृत गरे ।
आख्यान विद्यामा कमल चलाउने साहित्यकार न्यौपानेका पानीको घाम, सेतो धरती, करोडौं कस्तुरी जस्ता उपन्यास चर्चित छन् ।
‘लेखकका लागि पुरस्कार उर्जा हुने रहेछ’, कार्यक्रममा न्यौपानेले भने, ‘शुरुतिर १२ वर्षको अध्यापन पेशा छाडेर कतै अनुत्पादक क्षेत्रमा त लागिन जस्तो लाग्थ्यो । अहिले सम्मान र माया पाउंदा गर्व लाग्छ यो क्षेत्र ।’
न्यौपानेले आफ्नो पुरस्कृत कृति करोडौं कस्तुरीको रचनागर्भबारे पनि उल्लेख गरे । बेलायत आउने बित्तिकै सेक्सपियरको जन्मस्थल टेकेका न्यौपानेले नेपाल पनि कुनै कविको देश भनेर चिनिने अवस्था सृजना गर्न जरुरी रहेको बताए । ‘हामीले पनि सेक्सपियरकै जस्तो लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट, लेखनाथ पौडयाल, विपी कोइराला जस्ता श्रष्टाहरुको संग्रहालय बनाउन सके नेपाल विश्वभर चिनिन सक्थ्यो’, न्यौपानेको धारणा थियो ।
प्रमुख अतिथी राजदूत दुर्गाबहादुर सुवेदीले अमर लेखेर कहिल्यै नथाक्ने साहित्यकार रहेको बताए । नेपाली उपन्यासको भविष्य उज्ववल देखेका राजदूतले अगाडि भने, ‘पाठकहरुको नेपाली अक्षरप्रति सम्मान, स्नेह र समर्पणको भाव छ । एउटा कृति लेख्दा साहित्यकारहरुको समय, मस्तिष्क र श्रम कम खर्च भएको हुन्न । त्यसकारण उनीहरु बांच्न पाउनुपर्छ ।’
नेपाली साहित्यलाई नजिकबाट बुझेका अनुवादक एवं प्राध्यापक माइकल हटले अरु विदेशीका लागि नेपाल पर्यटकीय गन्तव्य भएपनि आफ्ना लागि साहित्यिक देश रहेको बताए ।
आफ्नो एक वर्षे अध्ययन सकेर नेपाल फर्कन लागेका ‘निर्वाण’ उपन्यासका लेखक एवं कान्तिपुरकर्मी घनश्याम खड्काले स्वदेशबाट टाढा झन् नेपालीपन हुने बताए । नेपाली मौलिक सृजना, सौन्दर्य र भाषा विदेश पुरयाउन जरुरी रहेको पनि उनले औंल्याए ।
प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले बेलायतको पहिलो पुस्तालाई साहित्यका माध्यमबाट मातृभूमिलाई जोडिरहने आफ्नो प्रयास रहेको बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको ‘कैकेयी’ नामक महाकाव्य पनि विमोचन गरियो । विनोदीले कार्यक्रममा उपस्थित हुन पाउंदा हर्षविभोर भएको उल्लेख गर्दै भने, ‘यो भाषा, साहित्यप्रेमले जुराएको संगम हो । मलाई नेपालमै भएजस्तो लागेको छ ।’
प्रतिष्ठानकी महासचिव जयालक्ष्मी राईले सञ्चालन गरेको उक्त कार्यक्रममा श्रष्टाहरु खगेन्द्र नेपाली, सुमाया राई, रवि प्रान्जल, डा. मुकुल दाहाल, नरेश कांगमांग, डा. सोहन घिमिरे, बासु शर्मा, दुर्गाप्रसाद पोख्रेल, डा. कृष्ण उपाध्याय, छत्रकला राई, धर्म सापकोटा, नारायण गाउंले लगायतले आ आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा गोपी सापकोटाले स्वागत मन्तव्य दिएका थिए ।
तस्विरः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता