संयुक्त राष्ट्रसंघ, भदौ २९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरियाली प्रायद्वीपमा हालै देखिएको तनावको अवस्थालाई राजनैतिक समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
उत्तर कोरियाले एकपछि अर्को गर्दै गरेका ब्यालेस्टिक क्षेप्यास्त्र तथा आणविक परीक्षणले विश्व समुदायमा तनाव सिर्जना गरेको भन्दै यस स्थितिको शीघ्र समाधान खोजिनुपर्ने उहाँले बताउनुभयो ।
‘राजनैतिक समाधान मात्र सही उपाय हुनसक्छ । सैनिक उपाय विनासको बाटो हुने र यसको क्षतिपूर्ति आगामी कैयाँै पुस्ताले पनि गर्न सक्नेछैन’, गुटेर्रेसले बताउनुभयो ।
उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप र विश्व समुदायमा मा व्यापक अस्थिरता एवम् तनाव पैदा गरेको उहाँले बताउनुभयो ।
‘यस हप्ता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा गरेको नयाँ प्रस्तावले एउटा स्पष्ट सन्देश दिएको छ कि अव उत्तर कोरियाले पूर्णरूपमा यसले सुरक्षा परिषद्मा गरेका प्रतिज्ञा बमोजिम अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने छ’, उहाँले थप्नुभयो- ‘तर सुरक्षा परिषद्को एकताले पनि कुटनैतिक पहलका लागि वातावरण सिर्जना गरेको छ ।’
यसैबीच एटलाण्टिक परिषद्को अन्तर्वार्तामा उच्च अमेरिकी विचारक निकोलास बर्नले उत्तर कोरियामाथि लगाइएको नयाँ प्रतिबन्द मात्रै प्रशस्त नभएको बताउनुभयो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग