ब्रसेल्स, २९ भदौ । युरोपेली संसदले म्यानमारमा रोहिङ्गा मुसलमान समुदाय विरुद्ध भइरहेको हिंसा तत्काल अन्त्य गर्न म्यानमारको सेनासँग बिहीबार माग गरेको छ ।
रोहिङ्गा समुदायका झण्डै तीन लाख ८० हजार जना बङ्गलादेशमा विस्थापित हुनु पर्ने जस्तो संकटपूर्ण अवस्थाको अन्त्यका लागि दवाव दिन युरोपेली संसदले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेको छ ।
म्यानमारमा गएको अगष्त २५ देखि रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएपछि अल्पसंख्यक मुसलमानहरुले देशको सिमा नाघेर विस्थापित हुनु परेको हो ।
युरोपेली सांसदहरूले भनेका छन्, ‘म्यानमारको सेना र सुरक्षाकर्मीहरूका कारण धेरै जनाको मृत्यु भएको, कतिपय घरबारविहीन भएको, बलात्कारका घटनाहरु भएको र घरहरुमा आगलागी भएको छ ।’
युरोपेली सङ्घले मानवअधिकार उलंघनका यस्ता घटनालाई म्यानमारले तत्काल अन्त्य नगरेमा त्यसका विरुद्धमा उभिने विषयमा पनि स्पष्ट हुनु पर्ने तर्क गरेका छन् ।
म्यानमारको राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् ।
विस्थापितहरुलाई खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारसमेत उपलब्ध नरहेको समाचारहरुमा जनाइको छ । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ भने विश्वव्यापीरुपमा म्यानमारको सत्ता पक्षको आलोचना भएको छ ।
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी