अहमदाबाद (भारत), २९ भदौ । पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा दु्रत गतिको रेल सेवा सञ्चालन हुने भएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ ।
‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बाइसम्म चल्ने बताइएको छ ।
पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो ।
यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो ।
जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।
भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो