लन्डन । प्रवासी नेपाली मञ्च यूकेले गैर आवासीय नेपाली संघ बेलायतको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सोमवार एक विज्ञप्ति जारी गर्दै एनआरएनए यूके कार्यसमितिलाई बधाई दिएका हुन् । शनिबार सम्पन्न निर्वाचनले योगकुमार फगामीको नेतृत्वमा नयां कार्यसमिति गठन भएको छ ।
विज्ञप्तिमा एनआरएनए यूकेसंग हातेमालो गर्दे अघि बढ्न मञ्च तयार रहेको जनाइएको छ । लोकतान्त्रिक पद्धतिमा सहभागी भएर पनि विजय हुन नसकेका उम्मेदवारप्रति सहानुभुति प्रकट गर्दै मञ्चले निर्वाचनका क्रममा उम्मेदवारले देखाएको उच्च लोकतान्त्रिक संस्कारको प्रशंसा गरेको छ ।
मञ्चले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्ने निर्वाचन समितिसहित सबैलाई धन्यवाद समेत दिएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची