हाउस्टन, २६ भदौ । अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको समाचार छ ।
हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन् ।
तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।
गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुरयाएपछि मृत्यु भएको थियो ।
उक्त गोलीकाण्डमा परी अर्का एकजना घाइते छन् । यस घटानमा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ । तर उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी