लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि शनिबार मतदान शुरु भएको छ । बिहान ८ बजेदेखि लन्डनका हयारो र प्लमस्टिड, अल्डरसट एवं लेस्टर केन्द्रहरुमा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान कार्यक्रम बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । साउथ हयारो केन्द्रमा रहेकी निर्वाचन समिति सदस्य सुमाया राईले मतदान शान्तिपूर्ण सुचारु भएको जनाइन् । निर्वाचन अधिकृत जगन कार्कीका अनुसार, बिहान दश बजेसम्म करिब एकसय मत खसेको छ । गोल्डेनसीप रेष्टुरेन्टमा हयारो मतदान केन्द्र छ ।
हयारो बुथमा पहिलो मत खसालेका युरोप संयोजक कुल आचार्यले निर्वाचन सौहाद्र वातावरणमा शुरुवात भएको जनाउंदै मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न अपिल गरेका छन् । बेलायतलाई संसारभरले हेर्ने भएकाले निर्वाचन सभ्य, अनुशासित र शान्त वातावरणमा सम्पन्न गराउन आचार्यको आग्रह छ ।
हयारो बुथमा केही व्यक्तिले आफ्ना नातेदारको मत हाल्न खोजेपछि होहल्लाबीच निर्वाचन अधिकृत नरेश कांगमांग राईले स्थिति नियन्त्रणमा लिएका थिए ।
अल्डरसट बुथमा रहेका निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले पौने दशबजेसम्म करिब दुई सय मत खसेको जानकारी दिए ।
प्लमस्टिड केन्द्रमा रहेका पत्रकार एवं निर्वाचन अधिकृत ध्रुवराज अर्यालका अनुसार, करिब पौने दुई घण्टामा ९७ वटा मत खसेको छ । त्यहांको वातावरण सम्य र शान्त छ । प्रतिनिधि शिवजी श्रेष्ठका अनुसार लेस्टर मतदान केन्द्रमा दशबजेसम्म दुईसय मत खसेको छ भने वातावरण शान्त छ ।
मतदान सकिएपछि मध्यरातदेखि नै मत गणना शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
यसपटक अध्यक्षका लागि कृष्ण तिमल्सेना, योगकुमार फगामी र हिराधन राई प्रतिष्पर्धामा छन् । तस्विरः नरेन्द्र बस्नेत
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त