हाक्पारा गाउँ २०१७ सालअघि धनकुटा जिल्लामा पर्दथ्यो । यसको सिमाना तेलिया खोला र अँधेरी खोलाले छुट्याएको छ । पन्चकन्या पोखरीको आसपासमा जोडिएको फाक्चामारा गाबिस १ हाक्पारा गाउँ पर्दछ । हाल यो गाउँ छथर गाउँपालिका वडा नं ४ मा परिवर्तन भएको छ । यस गाविसमा बसोबास गर्ने धेरै जसो इमेहाङ्, कुरुङभङ्, पारघरी, लेक्वा तथा अन्य जातिहरुमा ब्राम्हण, निरौला, दाहाल, थापाक्षेत्री, कटुवाल, सुनुवार, विश्वकर्मा इत्यादि धेरै जातिहरु पर्दछन् ।
यस गाउँको क्षेत्रफल झन्डै १० वर्ग माइल रहेको अनुमान छ भने २५० देखि ४०० जनसंख्या भएको यो गाउँ तमोर नदीको काखमा अवस्थित छ । यस गाउँ छथर गाउँपालिका वडा नं ४ फाक्चामाराको जनघनत्व सन् १९९१ को तथ्यांक अनुसार ३, ५०० छ । यस गाउँका बुढापाकाहरुले बर्सेनी मंसीरको पूर्णिमामा माथ्लो देविथानमा उधौली पूजा गर्दछन् र बैशाख पूर्णिमामा पुरानो घाटको जलदेवीलाई उभौलीमा बोको, कुखराको भाले बली दिने तथा फलफूल, अण्डा र नैबेद्य चढाएर पूजापाठ गर्दछन् । यसको अर्थमा आउने नयां सालमा कुनै रोग ब्यथाहरु र अनिकाल नआउन, राम्रो बर्षा भएर अन्न बाली लगाउने समय मिलोस् र अन्न बालीले हामीलाई लाभ होस् आफ्नो अन्न बाली पाकिसकेपछि उठाउन पनि पाउं भनेर प्रार्थना गरिन्छ।
हाक्पारे ख्यालीलाई खास लिम्बु भाषामा अनुवाद गर्दा हाक्पारे साम्लोमा पनि भनिन्छ । हाक्पारा भन्नु नै लिम्बु भाषामा हाक् पहरा बोलेको बुझिन्छ, जुन तपार्इंले कराउन वा बोल्नु भएको आवाज पुरानो हाक्पारा घाट तमोर नदीको ढाड, पहराबाट आउने पर्यावरण ध्वनीलाई बुझाउंछ । लिम्बु भाषामा हाक पारा भनेको पहरा बोल्यो भनेर बुझिन्छ । यसरी फाक्चामाराको नामाकरण पनि बाह्र क्षेत्रको ब्रम्हाजी देवतासंग जोडिएको छ । यसरी हाक्पारा गाउँको नामाकरण पनि हाक पारा भन्नु नै हाक् भनेको पहरालाई कराउंदा पर्यावरण ध्वनी फर्केर आउने हुँदा यसलाई पारा भनिन्छ, यसको अर्थ लिम्बु भाषामा बोल्यो भनेको हो । र यस गाउँको नाम पनि यसरी हाक्पारा भनेर नामकरण भएको छ । यसैले यसगाउँको नामबाट हाक्पारा र हाक्पारे साम्लोमा, ख्यालीको जन्म भएको स्पष्ट छ । स्वर्गीय दिल बहादुर इमेहाङ्को पालामा हाक्पारे साम्लोमा बहुत चर्चामा आएको थियो, खासै कुनै पनि मेला हाट बजारमा, लिम्बुहरुको सुख दुखको कार्यक्रममा भेट हुँदा आफ्नो इस्टमित्र तथा कुल(कुटुम्बाहरु संग बसेर साम्लोमा गाउने गीत हो । यस गीतबाट नै आफ्नो परिचय आदानप्रदान गर्ने, ख्याल ठट्टा गरेर ४, ५ रातभर हाक्पारे साम्लोमा ख्याली गाएर बस्ने परम्परा थियो । यस धुनले सधैँ लामो स्वरले गीत गाउने गर्दछन् यस धुनलाई धेरै प्रकारको साधन प्रयोग गरी लय परिवर्तन गरेर बजाउन सुन्न सकिन्छ । जस्तै, वनस्पतिको पातमा, मुरली, बासुरी, सहनाई र सारंगीको तालमा सुन्न सकिन्छ ।
यस गाउँमा कपास, बदाम, दाल तरकारी खेती र माछा खान अतिमीठो हुने हुँदा त्यो समयमा हाम्रा पुर्खाहरु यस गाउँमा पलायन भएर घरजम गरि बस्न थालेका हुन् । यस हाक्पारे ख्याली पनि १८ औं सताब्दी देखि नै सुरुभएको किम्वदन्ती छ । त्यस पहरामा हु हुरुरु हुर्रा.. हाक्पारे, भनेर कराउने चलन छ जहाँ आफ्नो स्वरको पर्यावरण ध्वनी फर्केर आफैंले सुन्न खुब मन लाग्छ । वारिपारि तमोरको मूलबाटोमा गीत, पालाम र हाक्पारे ख्याली गाउँदै बटुवाहरु रात भरि हिँड्थे ।
यसरी हाक्पारे साम्लोमा ख्यालीले नेपालको पूर्वी अञ्चल तथा लिम्बुवान क्षेत्रमा यस सुमधुर संगीतले प्रख्यात पाएको छ, हाम्रो इतिहास र परम्परालाई अमर राख्न र जोगाउन सबैको कर्तब्य हुन्छ यसैले हाम्रा नयाँ सन्ततिहरुले पनि साथदिने छन् भन्ने हाम्रो आशा छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते