बर्लिन (जर्मनी), २० भदौ । जर्मन चान्सलर एन्गेला मर्केलले आफ्नो सरकारले जर्मनीको आर्थिक सुधारका लागि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको यहाँको संसद्लाई मङ्गलबार सम्बोधन गर्ने क्रममा बताउनुभएको छ ।
मर्केलले आँफू नेतृत्वमा आएपछि प्रविधिमा तीब्र परिवर्तन गर्ने बिषयमा सफलतासमेत हाँसिल गरेको पनि बताउनु भयो । मर्केलले यसै महिनाको अन्त्यतिर हुने निर्वाचनमा चौँथो कार्यकालका लागि निर्वाचन लड्ने तयारी गर्नुभएको छ ।
मर्केलको अनुदारवादी क्रिश्चियन डेमोक्रेटिक पार्टीले यही सेप्टेम्वर २४ निर्वाचनको पूर्व तयारी भइरहेको समयमा भएका मत सर्वेक्षणले बहुमत ल्याउने देखाएको छ ।
संसदमा गरेको सम्बोधनमा मर्केलले जर्मनीमा आफ्नो नेतृत्वले अर्थतन्त्रलाई बलियो बनाएको, बेरोजगार दर घटाएको र ज्यालाका लागि न्युनतम मापदण्डको निर्धारण गरेको लगायतका केही महत्वपूर्ण उपलव्धि हाँसिल गरेको बताउनुभयो ।
तर मर्केलले जर्मनी विशेष गरी डिजिटल विकास र प्रविधिको उन्नतिको स्तरमा दोबाटोमा रहेको जनाउँदै यसका लागि थप काम गर्न बाँकी रहेको बताउनुभयो ।
मर्केलले बर्लिनका ऐतिहासिक कलात्मक तथा प्रविधिजन्य सामग्रीलाई संग्राहलय बनाएर राखिएको बताउँदै आँफूले जर्मनीलाई प्रविधिको संग्राहलय बनाएर मात्र राख्न नचाएको जानकारी गराउनुभयो । जर्मनीको डिजिटल प्रविधिमा प्रवेशसँगै बाँकी विश्वको निद्रा हराम भएको पनि बताउनुभएको छ ।
आँफूलाई भविष्यका चुनौतिसँग सामना गर्ने क्षमता राख्ने हैसियत भएको दावी गर्दै यदि जर्मन जनताले उहाँलाई पुनः चान्सलर बनाएमा अनुसन्धानमुलक गतिविधिमा थप लगानी गर्ने बताउनुभयो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी