सियामेन (चीन), २१ भदौ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सो सम्मेलनमा सहमति भएको अधिकारीहरुले जनाएका छन । उनीहरुका अनुसार मङ्गलबार सम्पन्न सो सम्मेलनमा सदस्य राष्ट्रहरुको आपसी हित, सहयोग र उनीहरुको साझा चासोका विषयमा विशेष सहमति भएको थियो ।
उक्त सम्मेलनको समापनसँगै मङ्गलबार चिनियाँ राष्ट्रपति सि चिनफिङले वर्तमान विश्व परिवेश, विश्व अर्थतन्त्र र समन्वयमा उक्त सम्मेलनमा सहमतिमा पुगेको जानकारी दिनुभयो ।
ब्रिक्सको उक्त नवौँ सम्मेलनले सियामेन घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको विकासमा जोड दिएको छ ।
उक्त सम्मेलनमा ब्रिक्सका साथै आर्थिक क्षेत्रका उदीयमान देशहरु जस्तो इजिप्ट, मेक्सिको, थाइल्याण्ड, ताजिकिस्तान र गुएनाका नेताहरुले पनि भाग लिएका थिए ।
ती देशहरुको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वयका क्षेत्रमा पनि ब्रिक्सले सहयोग र साझेदारी प्रदान गर्ने बारेमा पनि उक्त घोषणापत्रमा जोड दिइएको छ ।
चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा अयोजना गरिएको तीन दिने सो सम्मेलनको समापनसँगै पत्रकारहरुलाई जानकारी दिँदै चिनियाँ राष्ट्रपति चिनफिङले विश्वमा आर्थिक सुशासन कायम गर्न तथा उदीयमान अर्थतन्त्रहरुका समस्या र आवाज सुनेर उनीहरुको विकासका लागि पनि साथ र सहयोग दिने विषयमा व्यापक मात्रामा जोड दिइएको बताउनुभयो ।
सन् २०३० मा पूरा हुने दिगो विकासका एजेण्डाका लागि सबै देशहरुले आवश्यक गृहकार्य र एजेण्डाको कार्यान्वयनका लागि पनि साझा विकासका कार्यक्रमहरु अघि सार्ने बारेमा सो सम्मेलनमा सहमति भएको उहाँले जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति चिनफिङले ब्रिक्सको दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आयोजना गरिने जानकारी पनि दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले भन्नुभयो, सबैको सहमतिबाटै आगामी सम्मेलनको आयोजना दक्षिण अफ्रिकाले गर्ने भएको छ । सो सम्मेलनको आयोजनाका लागि जे जस्तो सहयोग गर्नुपर्छ त्यसका लागि चीन तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी