सोल, १९ भदौ । उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा जानकारी दिएको छ ।
उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
उक्त आणविक तत्व अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।
उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको थियो । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो ।
सिआमेन (चीन), १९ भदौ । उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणको ब्रिक्स समूहका पाँच राष्ट्रले कडा शब्दमा निन्दा गरेको छ । प्योङ्गयाङको अन्तर्राष्ट्रिय जगतमा नै निन्दा भएको ब्रिक्स राष्ट्रहरुले जानकारी दिएका छन् ।
‘उत्तर कोरियाले गरेको आणविक परीक्षणको हामी कडा शब्दमा निन्दा गर्छौ’ चीनको सिआमेनमा सुरु भएको बार्षिक सम्मेलनमा ब्रिक्स राष्ट्रका नेताहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।
ब्रिक्समा ब्राजिल, रसिया, भारत दक्षिण अफ्रिका र चीन रहेका छन् । यसपटक यस सम्मेलनको आतिथ्य चीनले गरेको छ । चीन लामो समयदेखि उत्तर कोरियाको नजिकको देशका रुपमा रहेको बताइन्छ ।
‘कोरियाली प्रायद्वीपमा लामो समययता आणविक परीक्षणका कारण उत्पन्न परिस्थितिप्रति हामी गहिरो चिन्ता व्यक्त गर्र्दछौ’ चीनको दक्षिणी सहर सिआमेनमा सुरु भएको यस समम्मेलनका क्रममा जारी घोषणपत्रमा ब्रिक्स सदस्य राष्ट्रहरुले भनेका छन् ।
ब्रिक्स राष्ट्रहरुले उत्तर कोरियाले जारी राखेको यस आणविक परीक्षणबाट उत्पन्न समस्या समाधानका लागि प्रत्यक्ष वार्ता आवश्यक रहेको विश्वास गरिएको बताएका छन् ।
उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण सफलतापूर्वक गरेको दाबी गरेको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी