वासिङटन, (संयुक्त राज्य अमेरिका), १८ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाढी प्रभावित टेक्ससको दोश्रो पटक भ्रमण गर्दै आँधी प्रभावितहरुको उद्धारकार्यको प्रशंसा गर्नुभएको छ । राष्ट्रपति र उहाँकी श्रीमती मेलानियाले पीडित र स्वयंसेवकहरुसँग भएको भेटमा भन्नुभयो, ‘उद्धारका सबै कुरा राम्रोसँग अगाडि बढिरहेका छन् ।’
उहाँले भन्नुभयो, ‘काम निकै कठीन थियो तर पुरा देश र सारा विश्वले हेर्ने गरी असाध्यै राम्ररी काम भएको छ ।’
एकहप्ता अगाडि त्यहाँ विनाशकारी आँधी आएको थियो । बाढी आए लगत्तै उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको थियो । बाढीको प्रभाव कम हुँदै गएपछि केही स्थानमा स्थानीयबासीलाई घर फर्कन दिइएको छ तर केही क्षेत्रमा अझ पनि बाढीको पानीको मात्रा बढिरहेकाले खतरामुक्त नभएको भन्दै घर फर्किन दिइएको छैन ।
हार्भी आँधीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको थियो । बाढीबाट विस्थापित हजारौँ मानिसलाई शिविरमा राखिएको छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी