
न्यूयोर्क । कृषि तथा खाद्य सुरक्षाविज्ञ यमुना घले अमेरिकामा सम्मानित भएकी छिन् । घलेले नेपालको कृषि र खाद्य सुरक्षाको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै तमु परिवार न्यूयोर्कले सम्मान गरेको हो । नेपालका लागि स्वीस राजदूतावासमा वरिष्ठ कार्यक्रम अधिकृतको रुपमा कार्यरत घले विगत २५ वर्षदेखि कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालमा कार्यरत छन् ।
घलेले नेपालको कृषि क्षेत्रलाई आर्थिक उन्नति र आर्थिक उपाजर्नसंग जोड्नु पर्ने भन्दै त्यसतर्फ तमु समुदाय सचेत हुनुपर्ने बताइन् ।
यसैबीच, कृषि तथा खाद्य सुरक्षाविद घलेले जनजाति कहां छन् भन्ने सन्दर्भ कोट्याउंदै राज्य संरचनामा आफूहरुको उपस्थितिका लागि भावी सन्तततिलाई त्यस्तै खालको वातावरण बनाउंदै लैजानुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीहरुले देशको आर्थिकवृद्धिमा रेमिट्यान्समार्फत योगदान पुरयाएको भन्दै यस्ता रेमिट्यान्सलाई आर्थिक उपार्जन हुने खालका उद्यमशील क्षेत्रमा लगानी गर्न आग्रह गरिन् ।
तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्मर जंग गुरुङले चेली भएर देशको विकास क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै घलेको काम र योगदानको प्रशंसा गरे । उनले गुरुङ समुदायका लागि घलेको ज्ञान, अनुभव र शिक्षालाई अनुसरण गरेर नयां पुस्तालाई अघि बढ्न सुझाव दिए । तमु परिवारका सचिव जेनी गुरुङले सञ्चालन गरेको सम्मान तथा अन्तरक्रियामा उपाध्यक्ष मनिता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
वगेनिंगन युनिभर्सिटी नेदरल्याण्डसबाट कृषिमा मास्टर डिग्री गरेकी घलेले अहिले खाद्य सुरक्षा विषयमा विद्यावारिधि गरिरहेकी छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने