
न्यूयोर्क । कृषि तथा खाद्य सुरक्षाविज्ञ यमुना घले अमेरिकामा सम्मानित भएकी छिन् । घलेले नेपालको कृषि र खाद्य सुरक्षाको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै तमु परिवार न्यूयोर्कले सम्मान गरेको हो । नेपालका लागि स्वीस राजदूतावासमा वरिष्ठ कार्यक्रम अधिकृतको रुपमा कार्यरत घले विगत २५ वर्षदेखि कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालमा कार्यरत छन् ।
घलेले नेपालको कृषि क्षेत्रलाई आर्थिक उन्नति र आर्थिक उपाजर्नसंग जोड्नु पर्ने भन्दै त्यसतर्फ तमु समुदाय सचेत हुनुपर्ने बताइन् ।
यसैबीच, कृषि तथा खाद्य सुरक्षाविद घलेले जनजाति कहां छन् भन्ने सन्दर्भ कोट्याउंदै राज्य संरचनामा आफूहरुको उपस्थितिका लागि भावी सन्तततिलाई त्यस्तै खालको वातावरण बनाउंदै लैजानुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीहरुले देशको आर्थिकवृद्धिमा रेमिट्यान्समार्फत योगदान पुरयाएको भन्दै यस्ता रेमिट्यान्सलाई आर्थिक उपार्जन हुने खालका उद्यमशील क्षेत्रमा लगानी गर्न आग्रह गरिन् ।
तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्मर जंग गुरुङले चेली भएर देशको विकास क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै घलेको काम र योगदानको प्रशंसा गरे । उनले गुरुङ समुदायका लागि घलेको ज्ञान, अनुभव र शिक्षालाई अनुसरण गरेर नयां पुस्तालाई अघि बढ्न सुझाव दिए । तमु परिवारका सचिव जेनी गुरुङले सञ्चालन गरेको सम्मान तथा अन्तरक्रियामा उपाध्यक्ष मनिता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
वगेनिंगन युनिभर्सिटी नेदरल्याण्डसबाट कृषिमा मास्टर डिग्री गरेकी घलेले अहिले खाद्य सुरक्षा विषयमा विद्यावारिधि गरिरहेकी छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा