
मोगादिसु (सोमालिया), १५ भदौ । सोमालियामा अझै पनि ६२ लाख नागरिकले खाद्य असुरक्षाको समस्याबाट गुज्रँदै आएको संयुक्त राष्ट्रसङ्घ खाद्य सुरक्षा तथा पोषण अन्वेषण एकाईले बिहीबार जनाएको छ ।
यद्यपि उक्त रिपोर्ट यसअघिको तथ्याङ्क ६७ लाखबाट झरेको राष्ट्रसङ्घले जनाएको छ । तथ्याङ्कले खाद्य असुरक्षाको अवस्थामा सामान्य सुधार आएको देखाए पनि सोमालियामा अहिले पनि नागरिक सामान्य अवस्थाबाट जीविका चलाउन नसकेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
गत जुन र जुलाईमा गरिएको आवधिक अध्ययनबाट प्राप्त तथ्याङ्क अनुसार सोमालियामा ३१ लाख नागरिकले डिसेम्बरसम्म तीब्र खाद्य सङ्कट वा सङ्कटकालिन खाद्य असुरक्षाको स्थिति झेलेका पाइएकोे छ ।
त्यस्तै थप ३१ लाख सोमालियाली जनसङ्ख्यामा पनि खाद्य असुरक्षाको तनावको घेरामा रहेको राष्ट्रसङ्घीय एकाईले बताएको छ । यसरी अहिले पनि ठूलो सङ्ख्यामा नागरिकमा खाद्य असुरक्षाको समस्या हुनु असामान्य स्थिति भएको राष्ट्रसङघले ठहर छ ।
सोमालियामा यसबर्षको शुरुमा नै परेको खडेरी पनि सुरक्षित खाद्यान्न व्यवस्थापनका लागि जिम्मेवार भएको अध्ययनको ठम्याई छ । ठूलो सङ्ख्यामा द्वन्द्वबाट विस्थापित भई आन्तरिक तथा बाह्य रूपमा शरणार्थी जीवन विताइरहेका र यसले गर्दा खेतीयोग्य भूमिपनि बाँझो बनेको खाद्यान्नमा परनिर्भर रहनुपर्ने बाध्यता पनि खाद्य असुरक्षाको प्रमुख कारक रहेको अध्ययनको ठहर छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति