लन्डन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको बेलायत च्याप्टर गठन गरिएको छ । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा पहिलो पटक नेपाल बाहिर बेलायतमा शाखा विस्तार गरिएको हो । खेलाडी संघ केन्द्रिय उपाध्यक्ष, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं काठमाण्डौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले शुक्रबार एक समारोहबीच क्षेत्रीलाई आधिकारिक प्रमाणपत्रसहित बधाइ दिए ।
जिम्मेवारी पाएसंगै अध्यक्ष क्षेत्रीले छिट्टै बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित पूर्ण कमिटी बनाउने जनाए । आफ्नो संस्थाले नेपालका खेलाडीलाई प्रोत्साहन गर्न बक्सिङ, फुटबल र एथलेटिक्स खेलाडीलाई एक एक लाखको पुरस्कार स्थापना र अन्य गतिविधि समेत गर्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका बेलायतस्थित नेपाली पूर्व खेलाडीहरुको तथ्यांक समेत संकलन गर्ने क्षेत्रीको सोच छ ।
कार्यक्रममा बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सुरज कार्की, जीवन सेन, प्रकाश बस्नेत, ग्रयाण्ड मास्टर एनजे गुरुङ लगायतले क्षेत्रीलाई शुभकामना दिएका थिए ।
एक दशकयता बेलायत बस्दै आएका क्षेत्री मिडिया र व्यवसायमा समेत संलग्न छन् । युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् क्षेत्रीले हालैमात्र साझेदारीमा माया पब सञ्चालन गरेका छन् ।
यसैबीच, लन्डन साउथ हयारोस्थित माया पबले एक कार्यक्रमबीच थापालाई सम्मान गरेको छ । कार्यक्रममा थापाले खेलाडीलाई पैसामात्र होइन, माया, हौसला र वातावरण पनि आवश्यक हुने बताए । ‘हाम्रो देशका ओलम्पियनहरु पनि आर्थिक संकटमा बांचेका छन्’, थापाले भने, ‘त्यस्ता राष्ट्रिय धरोहरलाई प्रवासका नेपालीको सहयोग खांचो छ ।’
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने