लन्डन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको बेलायत च्याप्टर गठन गरिएको छ । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा पहिलो पटक नेपाल बाहिर बेलायतमा शाखा विस्तार गरिएको हो । खेलाडी संघ केन्द्रिय उपाध्यक्ष, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं काठमाण्डौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले शुक्रबार एक समारोहबीच क्षेत्रीलाई आधिकारिक प्रमाणपत्रसहित बधाइ दिए ।
जिम्मेवारी पाएसंगै अध्यक्ष क्षेत्रीले छिट्टै बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित पूर्ण कमिटी बनाउने जनाए । आफ्नो संस्थाले नेपालका खेलाडीलाई प्रोत्साहन गर्न बक्सिङ, फुटबल र एथलेटिक्स खेलाडीलाई एक एक लाखको पुरस्कार स्थापना र अन्य गतिविधि समेत गर्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका बेलायतस्थित नेपाली पूर्व खेलाडीहरुको तथ्यांक समेत संकलन गर्ने क्षेत्रीको सोच छ ।
कार्यक्रममा बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सुरज कार्की, जीवन सेन, प्रकाश बस्नेत, ग्रयाण्ड मास्टर एनजे गुरुङ लगायतले क्षेत्रीलाई शुभकामना दिएका थिए ।
एक दशकयता बेलायत बस्दै आएका क्षेत्री मिडिया र व्यवसायमा समेत संलग्न छन् । युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् क्षेत्रीले हालैमात्र साझेदारीमा माया पब सञ्चालन गरेका छन् ।
यसैबीच, लन्डन साउथ हयारोस्थित माया पबले एक कार्यक्रमबीच थापालाई सम्मान गरेको छ । कार्यक्रममा थापाले खेलाडीलाई पैसामात्र होइन, माया, हौसला र वातावरण पनि आवश्यक हुने बताए । ‘हाम्रो देशका ओलम्पियनहरु पनि आर्थिक संकटमा बांचेका छन्’, थापाले भने, ‘त्यस्ता राष्ट्रिय धरोहरलाई प्रवासका नेपालीको सहयोग खांचो छ ।’
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु