मुम्बई, १५ भदौ । भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ ।
मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो । त्यसमा परी अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ ।
मुम्बइमा दुई दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अुनमान गरिएको छ । भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ ।
ती अधिकारीले चार जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । साथै उनका अनुसार उक्त भवनमा ४० जना पुरिएर रहेको सङ्ख्या उक्त भवनका बासिन्दाले नै जानकारी दिएका छन् ।
भारतीय प्रहरीको विशेष कमाण्डोसम्मिलत ४३ जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ । उनीहरुले दिएको जानकारीअनुसार सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएको छ ।
मुम्बइमा भारी बर्षा जारी, १० को मृत्यु
यसैबीच मुम्बइका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार रातिसम्ममा १० जनाको ज्यान गएको छ । मुम्बइको प्राकृतिक प्रकोप उद्वार कार्यान्वयन समितिले सो जानकारी दिएको हो ।
प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बुधबारदेखि नै बन्द गरिएको छ । त्यस्तै यातायातका साधन, ब्यापार र होटल प्रतिष्ठानहरु पनि बुधबार बन्द थिए । यी कार्यालयहरु बिहीबार पनि विहानसम्म खुल्न सकेका छैनन् ।
भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ ।
गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पुरयाएको छ । यस मुनसुनमा भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ ।
मुम्बईमा बर्षा जारी छ । पानी जमेका कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको जानकारी बुधबार अपरान्ह नै दिइएको थियो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त