लिस्बोन । युरोपमा बेलायतपछि सबैभन्दा बढी नेपाली रहेको पोर्तुगलमा एनआरएनएको चुनावी सरगर्मी बढेको छ । बुधबार अपरान्ह ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसंगै चुनावी चर्चा चुलिएको हो । केही छुट, केही सच्याउने मिलाउने गरेर २३४८ अन्तिम मतादाता संख्या कायम भएको निर्वाचन समितिका राजकुमार थापाले जानकारी गराए । सेप्टेम्बर १ तारिख बिहान १० बजेदेखि २ तारिख दिउँसो ४ बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम राखिएको छ । अधिबेशन सेप्टेम्बर १० मा हुँदैछ ।
नेतृत्वको लागि खिचडी पाक्दै
अगस्ट २८ मा बसेको जनसम्पर्क समिति पोर्तुगल अर्थात कांग्रेसजनहरुको एउटा भेलाले एनआरएनए पोर्तुगलको नेतृत्वको लागि आफ्नो तर्फ समझदारी भएको दावी गरेका छन् । समझदारी अनुसार एनआरएनए पोर्तुगलको अध्यक्षका लागि सुनिल संगम, आइसीसी सदस्यका लागि कुबेर कार्की र एक उपाध्यक्षका लागि कमल गुरुङको नाम तय गरिएको बुझिएको छ । तर समझदारी भङ्ग हुने सम्भावना पनि उत्तिकै छ, किनकी आइसीसी सदस्यमा प्रस्ताव गरिएको कुबेर कार्की असन्तुष्ट रहेको र अध्यक्षमै दावी गरिरको बुझिएको छ ।
यता प्रवासी नेपाली मंचले पनि आइसीसी सदस्य, अध्यक्ष, महासचिव मै दावी गर्ने अध्यक्ष गोविन्द पौडेलले बताए । अर्को एक आइसीसी सदस्यमा गोबिन्द पौडेल, रोबर्ट लिम्बु, शम्भु गौतम, धनराज शेर्पा र पेम्बा शेर्पा मध्ये एक हुने सम्भावना छ । अन्य उपाध्यक्षमा निमलमु शेर्पा, बलराम पौडेल र महिला उपाध्यक्षमा नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल र महासचिवमा निराजन सुबेदी र यदि पेम्बा शेर्पा आइसीसी सदस्य नभए पेम्बागेलु शेर्पा उठ्ने सम्भावना रहेको बताइएको छ ।
महासचिवमा पत्रकार गणेश पान्डेयको सशक्त दावीले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । कोषाध्यक्षमा जितु कार्की र कुमार तामाङले दावी गरेको बुझिएको छ ।
पत्रकारको नाम समावेश
लिस्बोनमा कार्यरत एकजना नेपाली पत्रकार गणेश पान्डेयको नाम प्रारम्भिक मतदाता नामावलीमा प्रकाशित नभए पछि सामाजिक संजालमा हल्लीखल्ली भएको थियो तर अन्तिम नामावलीमा भने समावेश भएको छ । ‘ईमेलमा केही प्राबिधिक कारणले छुटेको हो, सबै प्रक्रिया पुगेको हुनाले अन्तिम नामावली समावेश भइ प्रकाशित भइसक्यो’, निर्वाचन समितिका राजकुमार थापाले भने ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ