लिस्बोन । युरोपमा बेलायतपछि सबैभन्दा बढी नेपाली रहेको पोर्तुगलमा एनआरएनएको चुनावी सरगर्मी बढेको छ । बुधबार अपरान्ह ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसंगै चुनावी चर्चा चुलिएको हो । केही छुट, केही सच्याउने मिलाउने गरेर २३४८ अन्तिम मतादाता संख्या कायम भएको निर्वाचन समितिका राजकुमार थापाले जानकारी गराए । सेप्टेम्बर १ तारिख बिहान १० बजेदेखि २ तारिख दिउँसो ४ बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम राखिएको छ । अधिबेशन सेप्टेम्बर १० मा हुँदैछ ।
नेतृत्वको लागि खिचडी पाक्दै
अगस्ट २८ मा बसेको जनसम्पर्क समिति पोर्तुगल अर्थात कांग्रेसजनहरुको एउटा भेलाले एनआरएनए पोर्तुगलको नेतृत्वको लागि आफ्नो तर्फ समझदारी भएको दावी गरेका छन् । समझदारी अनुसार एनआरएनए पोर्तुगलको अध्यक्षका लागि सुनिल संगम, आइसीसी सदस्यका लागि कुबेर कार्की र एक उपाध्यक्षका लागि कमल गुरुङको नाम तय गरिएको बुझिएको छ । तर समझदारी भङ्ग हुने सम्भावना पनि उत्तिकै छ, किनकी आइसीसी सदस्यमा प्रस्ताव गरिएको कुबेर कार्की असन्तुष्ट रहेको र अध्यक्षमै दावी गरिरको बुझिएको छ ।
यता प्रवासी नेपाली मंचले पनि आइसीसी सदस्य, अध्यक्ष, महासचिव मै दावी गर्ने अध्यक्ष गोविन्द पौडेलले बताए । अर्को एक आइसीसी सदस्यमा गोबिन्द पौडेल, रोबर्ट लिम्बु, शम्भु गौतम, धनराज शेर्पा र पेम्बा शेर्पा मध्ये एक हुने सम्भावना छ । अन्य उपाध्यक्षमा निमलमु शेर्पा, बलराम पौडेल र महिला उपाध्यक्षमा नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल र महासचिवमा निराजन सुबेदी र यदि पेम्बा शेर्पा आइसीसी सदस्य नभए पेम्बागेलु शेर्पा उठ्ने सम्भावना रहेको बताइएको छ ।
महासचिवमा पत्रकार गणेश पान्डेयको सशक्त दावीले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । कोषाध्यक्षमा जितु कार्की र कुमार तामाङले दावी गरेको बुझिएको छ ।
पत्रकारको नाम समावेश
लिस्बोनमा कार्यरत एकजना नेपाली पत्रकार गणेश पान्डेयको नाम प्रारम्भिक मतदाता नामावलीमा प्रकाशित नभए पछि सामाजिक संजालमा हल्लीखल्ली भएको थियो तर अन्तिम नामावलीमा भने समावेश भएको छ । ‘ईमेलमा केही प्राबिधिक कारणले छुटेको हो, सबै प्रक्रिया पुगेको हुनाले अन्तिम नामावली समावेश भइ प्रकाशित भइसक्यो’, निर्वाचन समितिका राजकुमार थापाले भने ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त