
टोकियो, १४ भदौ । बेलायती प्रधानमन्त्री टेरेजा मेले बुधबारदेखि जापानको तीन दिने भ्रमण सुरु गर्नुभएको छ । उहाँले ब्रेक्जिटको त्राससँगै जापानको भ्रमण सुरु गर्नुभएको बताइएको छ । उहाँ बुधबार ओसाका आइपुग्नुभएको छ । उहाँ यसपछि मात्र जापानको राजधानी टोकियो पुग्नुहुने कार्यक्रम छ । उहाँ विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ आइपुग्नुभएको हो ।
उहाँ तीन दिनसम्म नै यहाँ टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुने ओसाकाबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उहाँले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र यहाँका सम्राट अकिहितोसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ ।
बेलायतमा एक हजार भन्दा बढी कम्पनीले उत्पादनको काम गरिरहेका छन् । त्यसैगरी त्यहाँ १ लाख ४० हजार जति जापानी पनि विभिन्न रोजगारमा संलग्न रही आएका छन् । यीमध्ये टोयोटा लगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन् । उनीहरुको यहाँको उत्पादन जापानी बजारमा निकासी पनि हुने गरेको छ । जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन् ।
जापानका प्रधानमन्त्री आबेले यसैबर्ष बेलायतको भ्रमण गर्नुभएको थियो । उहाँले जापान र बेलायतका ब्यापारको परिमाण बढाउन के कसरी सकिन्छ भन्ने बारेमा पनि सो भ्रमणका क्रममा कुराकानी गर्नुभएको थियो ।
उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले जापान पुगेपछि दिनुभएको प्रतिक्रियामा उत्तर कोरियाको सो कार्य निन्दनीय छ भन्नुभएको छ । उहाँले यस्तो अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापबिरुद्ध जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो ।
बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ । यस्तो अवस्थामा उहाँको विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रपमा हेरिएको छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी