
टोकियो, १४ भदौ । बेलायती प्रधानमन्त्री टेरेजा मेले बुधबारदेखि जापानको तीन दिने भ्रमण सुरु गर्नुभएको छ । उहाँले ब्रेक्जिटको त्राससँगै जापानको भ्रमण सुरु गर्नुभएको बताइएको छ । उहाँ बुधबार ओसाका आइपुग्नुभएको छ । उहाँ यसपछि मात्र जापानको राजधानी टोकियो पुग्नुहुने कार्यक्रम छ । उहाँ विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ आइपुग्नुभएको हो ।
उहाँ तीन दिनसम्म नै यहाँ टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुने ओसाकाबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उहाँले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र यहाँका सम्राट अकिहितोसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ ।
बेलायतमा एक हजार भन्दा बढी कम्पनीले उत्पादनको काम गरिरहेका छन् । त्यसैगरी त्यहाँ १ लाख ४० हजार जति जापानी पनि विभिन्न रोजगारमा संलग्न रही आएका छन् । यीमध्ये टोयोटा लगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन् । उनीहरुको यहाँको उत्पादन जापानी बजारमा निकासी पनि हुने गरेको छ । जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन् ।
जापानका प्रधानमन्त्री आबेले यसैबर्ष बेलायतको भ्रमण गर्नुभएको थियो । उहाँले जापान र बेलायतका ब्यापारको परिमाण बढाउन के कसरी सकिन्छ भन्ने बारेमा पनि सो भ्रमणका क्रममा कुराकानी गर्नुभएको थियो ।
उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले जापान पुगेपछि दिनुभएको प्रतिक्रियामा उत्तर कोरियाको सो कार्य निन्दनीय छ भन्नुभएको छ । उहाँले यस्तो अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापबिरुद्ध जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो ।
बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ । यस्तो अवस्थामा उहाँको विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रपमा हेरिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त