वासिङ्टन (संयुक्त राज्य अमेरिका), १३ भदौ । उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अव ‘सवै विकल्प खुल्ला’ रहेको बताउनुभएको छ ।
तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही नभएको ह्वाइट हाउसले मङ्गलबार जारी गरेको वक्तव्यमा भनिएको छ ।
‘अन्य मुलुकलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार विश्व समुदायबाट एक्लिने गतिविधि देखिएको छ’, वक्तव्यमा भनिएको छ । यससँगै उत्तर कोरिया विरुद्धका सवै विकल्प खुला रहेको ट्रम्पले बताउनुभएको छ ।
यसैबीच राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सोङले प्योङयाङको जापानी आकासको बाटो समुद्रमा गरिएको क्षेप्यास्त्र प्रक्षेपण कोरियाली प्रायदीपमा अमेरिकी हस्तक्षेप विरुद्धको कडा प्रतिकारको उपाय भएको बताउनुभएको छ ।
राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धि जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले भन्नुभयो, ‘पटक पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत व्यवहार देखाएको छ । यसप्रति प्रतिक्रिया दिनु मेरो देशका कर्तव्य हुन्छ ।’ सोङले जापानी क्षेत्रमा प्रक्षेपण गरेको क्षेप्यास्त्रबारे प्रत्यक्ष केही नभनीकनै भन्नुभयो, ‘कोरियाली प्रायदीपमा देखिएको तनावका कारण ‘कुनैपनि विनासकारी दुखद नतिजा’ को सिर्जना भएमा यसप्रति अमेरिका जिम्मेवार रहनुपर्छ ।’
प्योङयाङले आत्मरक्षाका लागि प्रतिवाद गर्ने अधिकार रहेको पनि उत्तरकोरियाली राजदूत सोङको जिकिर थियो ।
यसैगरी अमेरिकी राजदूत रोबर्ट वुडले उत्तर कोरियाले केही समय यता देखाइरहेका उत्तेजक गतिविधिलाई अन्त्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त