नयाँ दिल्ली (भारत), १२ भदौ । भारत चीनबीच रहेको हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ ।
महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम चिनियाँ भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक स्तरमा छलफल जारी रहेको र कुराकानीका क्रममा हामीले एक आपसी हितकाबारेमा छलफल गरेका छौँ । यसै समझदारीका आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रूत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।’
चीनले भने भारतीय सेना डोकलाम सिमानाबाट फिर्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय फौज डोकलाम सीमाक्षेत्रबाट फर्किएको बताएको छ ।
सीमा विवादलाई लिएर गत जुन १६ देखि भारत र चीनबीचको सम्वन्धमा तनावको वातावरण देखिएको थियो भने सीमा क्षेत्रमा दुवै देशका सेनालाई तयारी अवस्थामा राखिएको जनाइएको थियो ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर