नयाँ दिल्ली (भारत), १२ भदौ । भारत चीनबीच रहेको हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ ।
महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम चिनियाँ भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक स्तरमा छलफल जारी रहेको र कुराकानीका क्रममा हामीले एक आपसी हितकाबारेमा छलफल गरेका छौँ । यसै समझदारीका आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रूत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।’
चीनले भने भारतीय सेना डोकलाम सिमानाबाट फिर्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय फौज डोकलाम सीमाक्षेत्रबाट फर्किएको बताएको छ ।
सीमा विवादलाई लिएर गत जुन १६ देखि भारत र चीनबीचको सम्वन्धमा तनावको वातावरण देखिएको थियो भने सीमा क्षेत्रमा दुवै देशका सेनालाई तयारी अवस्थामा राखिएको जनाइएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त