
काठमाडौँ, ११ भदौ । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।
आयोगले तोकेको समयसीमा आज साँझ ६ बजेसम्म ९५ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि निवेदन दिएका दलले आयोगमा बुझाएका कागजातमाथि छानबिन गरी संविधान र कानूनअनुसार भएमा दल दर्ता गरिने जानकारी दिनुभयो । हरेक निर्वाचनमा भाग लिने राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सम्बन्धित कर्मचारीलाई भदौ २५ गतेभित्र दलको कागजात छानबिन पूरा गरी आयोगमा पेश गर्न निर्देशन दिनुभएको आयोगले जनाएको छ । दर्ता भएका ९५ राजनीतिक दलमध्ये पाँचवटा राजनीतिक दलले एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ ।
संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा हाल १२२ दल दर्ता रहेका छन् । यसअघि स्थानीय तह निर्वाचनका लागि आयोगमा ८० राजनीतिक दलले दर्ता गराएकामा ६३ वटा दलले मात्र भाग लिएका थिए । निर्वाचन आयोगमा वार्षिक खर्चको हिसाब बुझाउने दलको सङ्ख्या भने १०२ रहेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा