पाँचकुला (भारत), ९ भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकले गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा देशका विभिन्न शहरमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका विभिन्न समाचार माध्यमले जनाएका छन् ।
हरियाणामा दशौं हजार मानिस धर्मगुरु रहीमको समर्थनमा उत्रेका छन् ।
शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको प्रदर्शनकारीले जनाएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइसकेको भारतीय अधिकारीले जनाएका छन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्याँस तथा हवाई फाएर समेत गरेको प्रहरीले बताएको छ ।
प्रदर्शनकारीले भने जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दावी गरेका छन् ।
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन