पाँचकुला (भारत), ९ भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकले गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा देशका विभिन्न शहरमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका विभिन्न समाचार माध्यमले जनाएका छन् ।
हरियाणामा दशौं हजार मानिस धर्मगुरु रहीमको समर्थनमा उत्रेका छन् ।
शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको प्रदर्शनकारीले जनाएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइसकेको भारतीय अधिकारीले जनाएका छन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्याँस तथा हवाई फाएर समेत गरेको प्रहरीले बताएको छ ।
प्रदर्शनकारीले भने जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दावी गरेका छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च