इटाली । अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ इटालीले हरितालिका तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै बाढी पीडितको लागि रकम संकलन गरेको छ । नेपालमा विपत परिरहंदा प्रवासमा रमाइलो गर्न नहुने तर्क चलिरहेकै बेला कलाकार संघले भने केही घन्टामा डेढलाख रुपैयां भन्दा बढि संकलन गरेको छ ।
उक्त संकलित रकम यथाशीघ्र धुर्मुस सुन्तली फाउन्डेसनमा जम्मा गर्न लागिएको कलाकार संघका सचिव झिमनारायण चापागाईंले जानकारी दिए । भूकम्पपीडितहरुको लागि नमुना घर बनाएर ख्याति कमाएको उक्त फाउन्डेसनले बाढी पीडितहरुको लागि राहत वितरण गरिरहेको छ ।
सहयोगी हात र मनकारी मनहरु
कार्यक्रममा सहयोग गर्न नथाक्ने हातहरु र कन्जुस्याईं नगर्ने मनहरु प्रशस्तै थिए । कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए इटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले परोपकार र सांसारिक जिवनलाई संगै लिएर गएमात्र जीवनको लक्ष्य प्राप्त हुनसक्ने बताए । उनले दिदीबहिनीहरुलाई दर खुवाउने उक्त कार्यक्रमको सम्पूर्ण खर्च मात्र व्यहोरेनन्, नगद दुईसय पनि सहयोग उपलव्ध गराए ।
कार्यक्रममा एनआरएन इटालीका भूतपूर्व उपाध्यक्ष हरिभक्त
काराखेती तथा अनेकस इटालीका संरक्षक भिन सुनुवार तथा इटाली भ्रमणमा रहेका व्यवसायी अग्नी पौडेलले आफ्नो विचार राखेका थिए ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी