इटाली । एनआरएनए इटालीको चुनाव नजिकिंदै गर्दा उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता सार्वजनिक गर्न थालेका छन् । सामाजिक सन्जाल र पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास उनीहरुको छ ।
आइसीसी सदस्य उमेदवार क्षेत्रकुमार श्रेष्ठले लाप्राक वस्ती निर्माणस्थलमा आफू पुगेको र त्यहांको भौगोलिक अवस्थासंग चिरपरिचित भएकाले आफूले आइसीसी सदस्यको उम्मेदवार बन्नुपरेको उल्लेख गरेका छन् । भूकम्प पीडितहरुको राहतका लागि इटालीबाट संकलित दुई लाख ५४ हजार यूरो एनआरएनएको भूकम्प पीडित राहत तथा पुनर्निर्माण कोषमा जम्मा गरिएको उनले बताए । उनले उक्त रकम लाप्राक वस्ती निर्माणमा प्रयोग गरिएकाले उक्त परियोजनाको अन्त्यसम्म आफ्नो भूमिका रहनुपर्ने दाबी गरे ।
वर्तमान कार्यसमितिको अध्यक्ष रहेका श्रेष्ठ आफूले घोषणा गरेको आपतकालिन राहतकोष वृद्धि गर्दै लैजानुका साथै इटाली र नेपालमा रहेका नेपालीहरुलाई आवश्यक पर्दा प्रयोग गरिनुपर्ने उल्लेख गरेका छन् । पांच हजार यूरो आपतकालिन राहतकोषका लागि बनाएपछि पहिलोपटक नेपालका बाढी पीडितका लागि एक हजार यूरो सहयोग घोषणा गरिएको श्रेष्ठले बताए ।
प्रवासका जन्मिएका सन्ततिहरुलाई नेपाली संस्कृति र भाषाको कक्षा सञ्चालन गर्ने उद्देश्यले एक शहर एक नेपाली भाषा कक्षाको नारा अगाडि सारिएको छ । त्यसै अन्तर्गत इटालीको मिलान शहरमा मितेरी मन्च मिलानोको सहकार्यमा नेपाली भाषा कक्षा सञ्चालन गर्न लागिएको र निकट भविष्यमा अन्य शहरहरुमा पनि विस्तार गरिने बताइएको छ ।
अध्यक्ष र महासचिवका आफ्नै प्रतिवद्धता
आगामी कार्यकालका लागि अध्यक्षका उमेदवार राजन चापागाईंले आफूले यसअघिको कार्यसमितिमा महासचिव पदमा रही जिम्मेवारी वहन गरिसकेकाले आफैं उपयुक्त उमेदवार रहेको उल्लेख गरेका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै चापागाईंले स्थानीय संघसंस्थाहरुसंग सुमधुर सम्वन्ध बनाउंदै एनसीसीलाई थप सक्रिय राख्न आफ्नो विवेक प्रयोग गर्ने उल्लेख गरे ।
महासचिवका उमेदवार आइ पी सुवेदीले आफूलाई योग्य उमेदवारको रुपमा प्रस्तुत गर्दै सद्भाव र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइसीसी सदस्यका उम्मेदवार क्षेत्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिः
आदरणीय इटालीवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु
गैर आवासीय नेपाली संघ इटालीको तर्फवाट आगामी २०१७-२०१९ का लागि आइसीसी सदस्यको रुपमा उमेदवार बनेको छु । संघको स्थापनकाल देखि नै सक्रिय रुपले आफ्नो विवेक र क्षमताले भ्याएसम्म इमान्दरपूर्वक आफूलाई समर्पित गरेको सबैलाई पुनस्मरण गराउन चाहन्छु ।
आगामी कार्यकालका लागि निम्न कारणले आफ्नो उमेदवारी आवश्यक रहेको इटालीवासी दाजुभाइ तथा दिदीवहिनीहरुलाई जानकारी गराउंदछु ।
नेपालमा आएको महाविध्वंशकारी भूकम्प पीडितहरुको राहत तथा पुनस्थापनाका लागि इटालीको तर्फबाट दुई लाख ५४ हजार युरो आर्थिक सहयोग गैर आवासीय नेपाली संघमा जम्मा गरिएको सर्वविदितै छ । उक्त रकमबाट लाप्राकमा भूकम्प पीडितहरुको वस्ती निर्माणमा खर्च भइरहेको छ । प्रतिकुल मौसम र भौगोलिक विकटताको वावजुद पनि निर्माणकार्य तदारुकताका साथ अगाडि बढिरहेको छ । लाप्राकवस्ती निर्माणस्थलको यथार्थ आफूले भोगेकोले उक्त परियोजनालाई निष्कर्षमा पुरयाउन र इटालीबाट गरिएको सहयोग लक्षित समूहमा पुरयाउन मेरो उमेदवारी आवश्यक छ।
इटालीमा हुर्कंदै गरेका नेपाली वालवालिकाहरुलाई नेपाली भाषा कला संस्कृतिको संरक्षण र सवर्धन गराउनका लागि नेपाली भाषा कक्षालाई एक शहर एक नेपाली भाषा कक्षा अभियान सञ्चालन गरिनेछ। त्यसै योजना अनुसार गैर आवासीय नेपाली संघ इटाली र मितेरी मन्च मिलानोको संयुक्त रुपले कार्यक्रम सन्चानल हुंदैछ। यसलाई विस्तार गर्ने मेरो जिम्मेवारी हुनेछ ।
अनायाश नै आइपर्ने दैवी प्रकोप तथा अन्य आपतकालिन उद्दार र राहत कार्यका लागि गैर आवासीय नेपाली संघ इटाली राहत कोष स्थापना गरी ५००० युरो समेत उपलव्ध गराइसकेको अवस्थामा उक्त रकमलाई वृद्धि गर्दै सशक्त राहतकोषको रुपमा विकसित गर्ने मेरो लक्ष्य छ ।
आइसीसी सदस्यको हैसियतले बिगतमा झैं एनआरएनले आयोजना गर्ने कुनै पनि सम्मेलनमा इटालीको प्रतिनिधित्व गर्दै पुग्नेछु ।
क्षेत्र कुमार श्रेष्ठ
अध्यक्ष
तथा
आइसीसी सदस्य उमेदवार
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी