
बेईजिङ, ७ भदौ । चीन सरकारले वातावरणीय प्रदुषण विरुद्ध लड्न भन्दै देशभरका विभिन्न ठाँउका लागि दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ ।
उनीहरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
सरकारले आगामी सन् २०१८ को अन्त्य सम्ममा देशभरी नै यस्ता नदी प्रमुखहरुले योजना बनाई काम शुरु गर्ने जनाइएको छ ।
गत सन् २०१६ को डिसेम्बरमा चीनीया कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी नदी प्रमुखहरु नियुक्त गर्ने निर्णय गरेको थियो ।
‘प्रदुषण नियन्त्रणका लागि चीनले अपेक्षा गरे भन्दा छिटो सुधार गरेको छ, तोकिए अनुसार नै आफ्नो लक्ष्य पुरा गर्नेछ’, जलश्रोत मन्त्रालयको निर्माण तथा व्यवस्थापन मन्त्रालयका प्रमुख जु लैमिङले भन्नुभयो ।
उहाँले जुलाई २० देखि ३१ ओटा प्रान्तहरुमा क्षेत्रीय तहको योजना तथा नीति कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो ।
तिनीहरु मध्ये १६ क्षेत्रमा टोल तह सम्म नदी प्रमुख नियुक्त गरेको र अन्य १५ ओटामा गाँउ तह सम्मको संयन्त्र बनाएको उहाँले बताउनु भयो ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी