जेनेभा (स्वीट्जरल्याण्ड), ६ भदौ । दक्षिण एसियामा भएको व्यापक बर्षापछि आएको बाढीका कारण अगस्त महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले मङ्गलबार जनाएको छ ।
बाढीका कारण उक्त क्षेत्रमा ठूलो भूभाग डुबानमा परेको छ । बङ्गलादेश, भारत र नेपालमा गरी अगस्त १० गतेपछि ७५० जनाको मृत्यु भएको सम्बन्धित देशका अधिकारीले जनाएका छन् । बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो धनराशी बराबरको कृषिजन्य उत्पादनको क्षति भएको छ ।
एसियाली केही मुलुकमा बाढीका कारण अवस्था थप खराब बनिरहेको रेडक्रसका सह महासचिव जगन चापागाईँले जारी एक विज्ञप्तिमा जनाइएको छ ।
नेपालको झण्डै एक तिहाई जनसङ्ख्या बाढीका कारण प्रभावित भएको, उहाँले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले बङ्गलादेशमा पनि बाढीका कारण एक तिहाई जनसङ्ख्या प्रभावित भएको बताउनुभयो ।
दक्षिण एसियामा बाढी तथा डुवानको समस्या केही दशक यताको तुलनामा सबैभन्दा नराम्रो भएको रेडक्रसले जनाएको छ ।
यी मुलुकका केही गाउँहरू डुवानमा परेका कारण खाद्यान्न तथा अन्य आधारभूत सामग्री डुङ्गाको सहायतामा पुरयाउनुपर्ने अवस्था आएको रेडक्रसले जनाएको छ ।
बाढी तथा डुवानको समस्या विस्तारै उत्तरबाट दक्षिणतर्फ बढेको बताउँदै चापागाईँले भन्नुभयो प्रभावितको सङ्ख्या प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।
मनसुन तथा पानीको यथोचित व्यवस्थापन नहुँदा समस्या विकराल बनेको उहाँको भनाई छ । रेडक्रसले नेपालमा ३६ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग अपील गरेको छ । चापगाईँले यस्तै सहयोग भारत र बङ्गलादेशका लागि पनि अनुरोध गरेको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने