जेनेभा (स्वीट्जरल्याण्ड), ६ भदौ । दक्षिण एसियामा भएको व्यापक बर्षापछि आएको बाढीका कारण अगस्त महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले मङ्गलबार जनाएको छ ।
बाढीका कारण उक्त क्षेत्रमा ठूलो भूभाग डुबानमा परेको छ । बङ्गलादेश, भारत र नेपालमा गरी अगस्त १० गतेपछि ७५० जनाको मृत्यु भएको सम्बन्धित देशका अधिकारीले जनाएका छन् । बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो धनराशी बराबरको कृषिजन्य उत्पादनको क्षति भएको छ ।
एसियाली केही मुलुकमा बाढीका कारण अवस्था थप खराब बनिरहेको रेडक्रसका सह महासचिव जगन चापागाईँले जारी एक विज्ञप्तिमा जनाइएको छ ।
नेपालको झण्डै एक तिहाई जनसङ्ख्या बाढीका कारण प्रभावित भएको, उहाँले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले बङ्गलादेशमा पनि बाढीका कारण एक तिहाई जनसङ्ख्या प्रभावित भएको बताउनुभयो ।
दक्षिण एसियामा बाढी तथा डुवानको समस्या केही दशक यताको तुलनामा सबैभन्दा नराम्रो भएको रेडक्रसले जनाएको छ ।
यी मुलुकका केही गाउँहरू डुवानमा परेका कारण खाद्यान्न तथा अन्य आधारभूत सामग्री डुङ्गाको सहायतामा पुरयाउनुपर्ने अवस्था आएको रेडक्रसले जनाएको छ ।
बाढी तथा डुवानको समस्या विस्तारै उत्तरबाट दक्षिणतर्फ बढेको बताउँदै चापागाईँले भन्नुभयो प्रभावितको सङ्ख्या प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।
मनसुन तथा पानीको यथोचित व्यवस्थापन नहुँदा समस्या विकराल बनेको उहाँको भनाई छ । रेडक्रसले नेपालमा ३६ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग अपील गरेको छ । चापगाईँले यस्तै सहयोग भारत र बङ्गलादेशका लागि पनि अनुरोध गरेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त