ढाका (बङ्गलादेश), ४ भदौ । बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाँय सुनाएको छ ।
उनीहरूले नेतृ हसीना सहभागी भएको एक आमसभा स्थलमा ठूलो पैमानामा विस्पोटक पदार्थ विष्पोट गराएर उहाँ पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन् २००० मा हत्या प्रयास गरेको अभियोजक शामसुल हक बादोलले एएफ्पीलाई बताउनुभयो ।
अभियुक्तले उक्त बम नेतृ हसीनालाई लक्षित गरी विष्पोट गराउने प्रयास गरेका बताइएको छ । घटनाका प्रमुख आरोपित हनानलाई सन् २००४ मा बङ्गलादेशका लागि बेलायती राजदूतमाथि ग्रिनेड आक्रमण गरेको आरोपमा अप्रिलमा फाँसी दिइ सकिएको छ ।
आरोपितले हसीना गैरमुश्लिम भएको र उहाँको हत्यापछि मात्र मुश्लिमको हातमा सत्ताको बागडोर आउने भनी आफूहरूले उहाँमाथि आक्रमण गरेको बताएका छन् । अर्का एक अभियोजक खान्दकर अब्दुल म्याननले मृत्यु दण्ड सुनाइएका कतिपय अभियुक्तले बङ्लादेशी चर्चमा विष्पोट गराएको लगायतका विभिन्न आत्मघाती आक्रमणमा सम्लग्न भएकोसमेत अनुसन्धानका क्रममा खुलेको बताउनुभयो ।
यसैबीच मृत्युदण्डमाथि जेलका अधिकारीको सहयोगमा पुनरावेदन गरिने सजाँयको विपक्षमा बहस गरेका वकील फारुक अहमदले बताउनुभयो ।
प्रतिबादीले आफूहरूले न्याय नपाएको बताउँदै मुद्दामाथि अनगिन्ती विवाद रहेको बताउनुभयो ।
हनानले तत्कालिन प्रतिपक्षि नेता हसीनालाई लक्षित गरेको विष्पोटक पदार्थ भीडमा पड्किँदा सन् २००४ मा उहाँ सामान्य घाइते हुनुभएको थियो भने २२ जनाको मृत्यु भएको थियो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग