ढाका (बङ्गलादेश), ४ भदौ । बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाँय सुनाएको छ ।
उनीहरूले नेतृ हसीना सहभागी भएको एक आमसभा स्थलमा ठूलो पैमानामा विस्पोटक पदार्थ विष्पोट गराएर उहाँ पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन् २००० मा हत्या प्रयास गरेको अभियोजक शामसुल हक बादोलले एएफ्पीलाई बताउनुभयो ।
अभियुक्तले उक्त बम नेतृ हसीनालाई लक्षित गरी विष्पोट गराउने प्रयास गरेका बताइएको छ । घटनाका प्रमुख आरोपित हनानलाई सन् २००४ मा बङ्गलादेशका लागि बेलायती राजदूतमाथि ग्रिनेड आक्रमण गरेको आरोपमा अप्रिलमा फाँसी दिइ सकिएको छ ।
आरोपितले हसीना गैरमुश्लिम भएको र उहाँको हत्यापछि मात्र मुश्लिमको हातमा सत्ताको बागडोर आउने भनी आफूहरूले उहाँमाथि आक्रमण गरेको बताएका छन् । अर्का एक अभियोजक खान्दकर अब्दुल म्याननले मृत्यु दण्ड सुनाइएका कतिपय अभियुक्तले बङ्लादेशी चर्चमा विष्पोट गराएको लगायतका विभिन्न आत्मघाती आक्रमणमा सम्लग्न भएकोसमेत अनुसन्धानका क्रममा खुलेको बताउनुभयो ।
यसैबीच मृत्युदण्डमाथि जेलका अधिकारीको सहयोगमा पुनरावेदन गरिने सजाँयको विपक्षमा बहस गरेका वकील फारुक अहमदले बताउनुभयो ।
प्रतिबादीले आफूहरूले न्याय नपाएको बताउँदै मुद्दामाथि अनगिन्ती विवाद रहेको बताउनुभयो ।
हनानले तत्कालिन प्रतिपक्षि नेता हसीनालाई लक्षित गरेको विष्पोटक पदार्थ भीडमा पड्किँदा सन् २००४ मा उहाँ सामान्य घाइते हुनुभएको थियो भने २२ जनाको मृत्यु भएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार