गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन मतदाता नामावली प्रकाशन


लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन मतदाता नामावली शनिवार प्रकाशन गरिएको छ । सेप्टेम्वर ९ मा हुने मतदानको लागि निर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले साँझ मतदाता नामावली प्रकाशन गरेको हो ।

१४ अगष्टभित्र एनआरएनए यूकेमा सदस्यता फारम भरेका सदस्यहरुको नामावली कार्यसमितिले निर्वाचन समितिलाई हस्तान्तरणपछि मतदाता नामावली सार्वजनिक गरेको छ ।

नाम हेर्न यहाँ क्लीक गर्नुहोस

http://nrna.org.np/nrna/UK/election2017/NRNA%20Uk%20voters%20list.pdf

कुल ३ हजार ६ सय २५ सदस्य मध्ये ३ हजार ४ सय ४२ को नाम स्वीकृत भएको छ । ६१ पेजमा समेटिएको नामावलीमा ११६ नम्बर खाली राखिएको छ । अधिकांशको स्पष्ट ठेगाना उल्लेख भएपनि सार्वजनिक नामावलीमा बेलायत ठेगाना उल्लेख गरिएको छ ।

मतदाता नामावलीमा पर्न नसकेका १ सय ८२ सदस्यहरुले आइतवार दिउँसो तीन बजे भित्र दाबी विरोधको सूचना निर्वाचन समिति समक्ष पेश गरि सक्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री