बार्सिलोना (स्पेन), २ भदौ । स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले शुक्रबार जनाएको छ ।
उक्त संस्थाका अनुसार घटनामा मृत्यु हुने तथा घाइते हुनेमा विभिन्न ३४ देशका नागरिक छन् । घटनामा फ्रान्स, पाकिस्तान, स्पेन, नेदरल्याण्ड, चीन, भेनेजुयला, मौरीटानिया, अष्ट्रेलिया, बेलायत, आएरल्याण्ड, बेल्जियम, पोर्चुगल, अष्ट्रेलिया, ग्रीस, हङ्गेरी, मेसेडोनिया, अष्ट्रिया, टर्की लगायतका देशमा नागरिक परेका जनाइएको छ ।
घटनामा कुनै नेपाली परेको जानकारी बिहीबार अपराह्नसम्म खुलेको छैन ।
यसैबीच आक्रमणमा सम्लग्न रहेको आरोपमा स्पेनी सुरक्षाकर्मीले चौँथो आरोपीलाई पक्राउ गरेको छ । क्याम्ब्रिल तथा बार्सिलोनामा उक्त व्यक्तिले गरेका गतिविधिका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको ट्वीटमा जनाएको छ ।
स्पेन आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु, एक घाइते
वासिङटन (संयुक्त राज्य अमेरिका), २ भदौ । अमेरिकी विदेश विभागले स्पेनको बार्सिलोना र क्याम्ब्रिल्समा भएका दुई छुट्टाछुट्टै आक्रमणमा एक अमेरिकी नागरिकको ज्यान गएको र एक जना घाइते भएका जनाएको छ ।
बार्सिलोनामा रहेका अमेरिकी महाबाणिज्य दूताबासका कुटनीतिज्ञले स्थानीय अधिकारीको सहयोगमा थप विरामीको पहिचान गर्ने र थप अमेरिकी नागरिकलाई सहयोग पुरयाउने काम भइरहेको विभागले जनाएको छ ।
विभागले अमेरिकी नागरिक सामान्य घाइते भएको जनाएपनि उनको नामभने सार्वजनिक गरेको छैन ।
घाइते २५ जना फ्रान्सेली
स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन् ।
फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले शुक्रबार सो जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख छ । घाइते भएका फ्रान्सेली नागरिकमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल