न्यूयोर्क (अमेरिका) । नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना गरिने भएको छ ।
२३ औं विश्व आदिवासी दिवसको अवसरमा न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् ।
महोत्सवले आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुलाई प्रोत्साहन गर्नुका साथै उनीहरुको परम्परा, भाषा, कला, संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको गुरुङले जानकारी दिइन् ।
नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाको आयोजनामा हुने महोत्सवले आदिवासी जनजातिको हक, अधिकार सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापित गराउन सहयोग पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताएका छन् । मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।
चलचित्र महोत्सव अगष्ट २५ देखि २७ तारिखसम्म तीन दिन ढाका क्लबमा हुनेछ । तीन दिने महोत्सवमा चलचित्र र लघु चलचित्र गरि एघार चलचित्र प्रर्दशन गरिनेछ । गुरुङ भाषाको मैंरिमो, तामाङ भाषी चलचित्र सेम ताबा म्ही, लिम्बु भाषाको हेलुक्वा, मगर भाषाको लोम्बा, नेवारी चलचित्र कृषा गौतमीसहित अन्य चलचित्र प्रदर्शन गरिने तय भएको छ ।
त्यसैगरी, राई भाषाको सुम्निमा र मुस्ताङी चलचित्र ‘शेरढाक’ लाई महोत्सवमा स्थान दिइएको छ । त्यसैगरी, लघु चलचित्रहरुमा नेवारको ‘कल्ली’, थारुको ‘लाज’ माझीको ‘बन्ठी’, र मुगालको ‘फेके’, प्रदर्शन गरिने मिडिया संयोजक गुरुङले बताइन् । महोत्सवमा सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक च्वाइस अवार्ड जितेको गुरुङ भाषाको ‘कर्म क्या’ र सन् २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार जितेको राई भाषाको ‘मतान’ को विशेष प्रदर्शन गरिने महोत्सवका संयोजक मणि वाङदेलले जानकारी दिए ।
महोत्सवमा विभिन्न ११ विद्यामा उत्कृष्ट हुनेलाई ट्रफी, पुरस्कार र सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ । कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले सबै जातिय सदस्य संस्थाहरु लगायतलाई सहयोगका लागि अनुरोध गरेका छन् ।
चलचित्र महासंघ फिन्फी र इन्डिजिनियस फिल्मस् अर्काइभ आइफा सह आयोजक रहेको उक्त महोत्सवमा नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड विशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा