नयाँ दिल्ली (भारत), ३१ साउन । भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लाल किल्लामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गोली र गाली’ बाट कश्मीरको समस्या समाधान नहुने बताउनु भएको छ ।
उहाँले पृथकतावादीहरुले काश्मीरमा ‘षड्यन्त्र रचिरहेको’ बताउनुभयो । प्रधानमन्त्रीले धर्मका नाममा हिंसा गराउने कतिपय समुदायलाई सम्बोधनमा कटाक्ष गर्नुभयो । उहाँले जातिवाद र साम्प्रदायिक हिंसा मच्चाइंदा राष्ट्रको उत्थानमा समस्या हुने बताउनुभयो ।
उहाँले मिलेर कश्मीरमा देखिएका समस्याको समाधान गर्नुपर्ने पनि बताउनुभयो । तर आरोप वा हतियारको भरमा समस्या समाधान नहुने बताउदै कश्मीरको समस्याको पहिचान गर्न सम्बद्ध सवैको इमान्दार प्रयास चाहिने उहाँको भनाई थियो । कश्मीरीहरुसँग मिलेर उक्त स्थानलाई ‘पुनः स्वर्ग जस्तै बनाउनुपर्ने’ मा प्रधानमन्त्रीले जोड दिनुभयो ।
सलमान समुदायको बसोबास रहेको काश्मीरमा भारत र पाकिस्तानबीच दशकौंदेखि कायम सीमा विवादको केन्द्रमा रहँदै आएको छ ।
पाकिस्तानले आफ्नो ७० औँ स्वतन्त्रता दिवस १४ अगस्तमा मनाउने गर्छ । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित आफ्नो स्वतन्त्रता दिवस मनाएको हो ।
मोदीले उत्तरी भारतमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषयमा बोल्दै देशलाई उनीहरुका परिवारको पीडामा एकताबद्ध हुन पनि अपील गर्नुभयो । उहाँको सम्बोधनलाई भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए । सम्बोधनस्थलमा पनि ठूलो भीड स्वतन्त्रता दिवस मनाउन सहभागी बनेको थियो ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल