नयाँ दिल्ली, ३० साउन । भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ ।
भारतको राजधानी नयाँ दिल्लीमा सोमबार उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।
उनीहरुका अनुसार भारतको भोलि मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी यो सतर्कता अपनाइएको बताइएको छ ।
नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको प्राप्त समाचरमा उल्लेख छ ।
त्यसैगरी नयाँ दिल्ली गेट वरिपरिको रेडफट क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ । सो क्षेत्रबाट नै प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्नुहुने विशेष कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री मोदीले मङ्गलबार स्वतन्त्रता दिवसको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापनसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।
भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ ।
भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने