
लन्डन । भूपू गोर्खाका सन्तानले बेलायतको आवासीय अधिकार मुद्दा जित्ने क्रम बढेको छ । गत सातामात्र विधवा धन्पु पुनकी ५० वर्षीया छोरी तारादेवी पुनले कोर्टबाट अपिल जितेकी छन् । एभरेष्ट ल सोलिसिटर्स फर्मले मुद्दा लडेको थियो ।
मानवअधिकार र ऐतिहासिक अन्यायको धरातलमा टेकेर मुद्दाको नतिजा सकारात्मक आएको सोलिसिटर राजु थापाले जनाए । थापाले ५० वर्षका सन्तानले समेत मुद्दा जितेको यो पहिलो रेकर्ड भएको उल्लेख गरे । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सह संयोजक सूर्य नेम्वांगले गोर्खा सन्तानका मुद्दा क्रमशः जित्दै जानु सकारात्मक र सुःखद पक्ष भएको बताए ।
एभरेष्ट ल सोलिसिटर्स फर्मबाटै यसअघि ४६ वर्षीया एक छोरीले मुद्दा जितेकी थिइन् ।
हाल बेलायत रहेकी तारादेवीकी बहिनी जुग्जाली मगरले जितमा खुशी व्यक्त गर्दै आफूहरु पारिवारिक पुनर्मिलनको प्रतिक्षामा रहेको बताइन् । उनले केस जिताइदिने एभरेष्ट ल सोलिसिटर्स फर्मप्रति आभार समेत व्यक्त गरिन् ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन