
लन्डन । हिलिङडन गोर्खा नेपलिज कम्युनिटी महिला समूहले शनिबार तीज कार्यक्रम गरेको छ । बट वेल सोसियल क्लव हेज टाउनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत धर्मपत्नी श्रीमति पुनम राज्य लक्ष्मी सुवेदीले शुभकामना मन्तव्य दिंदै प्रवासमा बसे पनि नेपालीले भाषा, धर्म, संस्कार, संस्कृति, चाडपर्व र परम्परा नर्बिसिएको र बिर्सन पनि नहुने बताइन् । लिखित मन्तव्यमा उनले भनिन्, ‘तीजका अवसरमा हामी आंसु, बेदना, पीडा बिर्सेर नाच्छौं । माइती सम्झने दिन हो तीज, हामी नेपाल आमालाई पनि सम्झन्छौं । वर्षमा हरेक दिन नभए तीजको एक दिन खुशी हुन सकौं ।’
श्रीमति सुवेदीले आगामी २० अगष्टका दिन दूतावासमा तीज विशेष कार्यक्रम गर्न लागिएको जनाउंदै त्यसमा सबै दिदी बहिनीलाई आमन्त्रण समेत गरिन् ।
उक्त कार्यक्रम कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङको संयोजनमा भएको हो । कम्युनिटीको यो चौंथो कार्यक्रम थियो ।
मिठी माया रानामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज बेलायत आमा समूहकी अध्यक्ष माया गुरुङ, गोर्खा सत्याग्रह समितिकी सचिव सइन्द्र केसी, शान्तकला राई, विमला सेने लगायत अतिथी थिए ।
अन्जना गुरुङ र सुमी गुरुङले सञ्चालन गरेको कार्यक्रममा तीज पहिरनमा सजिएका महिलाहरुले विभिन्न तीज गीतमा नाच प्रस्तुत गरेका थिए । एकल नाच समेत भएको थियो । उक्त अवसरमा उत्कृष्ट नाच्नेलाई आयोजकले पुरस्कृत समेत गरे ।
कार्यक्रममा स्वागत मन्तव्य विमला मोक्तान र हेल्थ एण्ड सेफ्टीबारे योगा गुरुङले अवगत गराएकी थिइन् । कार्यक्रममा पेय पदार्थमा पूर्ण माया पुन र जांग्बो शेर्पा, टिकेटमा योगा गुरुङ र तीर्थ पुन साथै सेलरोटी र खिर बनाउन बिमला मोक्तान, राधिका गुरुङ, टिला आले, गंगा पुन र यमुनाले सहयोग गरेका थिए ।
तस्विरः शिव भण्डारी
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा