
लन्डन । अर्घाखांचीबाट बेलायत आएर बसोवास गरेका नेपालीको एक भेलाले ‘अर्घाखांची समाज यूके’ गठन गरेको छ । शनिबार लन्डन साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको पहिलो भेलाले बालकृष्ण भुषालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा रामबहादुर आले र बीपी खनाल, सचिवमा तुंग भुषाल, सहसचिवमा ज्ञानेन्द्र राना, कोषाध्यक्षमा कमल पन्थी र सह-कोषाध्यक्षमा विमला आचार्य चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा गीता शाही, केशव राना, सुशीला राना, अमिता बेल्बासे, तनबहादुर घर्ती, जितेन्द्र सुनार, अर्जुन भट्टराई र तारा राना चयन भएका छन् ।
भेलाले सल्लाहकार समेत मनोनित गरेको छ जसमा जीव बेल्बासे, याम राना, बुद्धि थापा, क्या. वीरबहादुर थापा, पदम आचार्य र डा. दामोदर खनाल छन् । गोविन्द बेल्बासेलाई विधान कमिटीको जिम्मा दिइएको छ ।
अर्घाखांचीबाट बेलायत आइ विभिन्न क्षेत्रमा आवद्ध करिब ५ सय परिवार रहेको व्यवसायी एवं भेला आयोजकमध्ये एकजना बीपी खनालले जनाए ।
खनालसहित बालकृष्ण भुषाल, जीव बेल्वासे र तुंग भुषालको संयोजनमा भेला आयोजना गरिएको हो ।
आफ्नो जिल्लामा र बेलायतमा आपतविपत पर्दा सहयोग जुटाउन एवं भाइचारा अभिवृद्धिका लागि समाज गठन गरिएको अध्यक्ष भुषालले बताए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि