बेड्मिन्स्टर (अमेरिका), २८ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच शुक्रबार फोनवार्ता हुने बताउनु भएको छ ।
उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको छ ।
राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले सम्वाददाताहरुलाई सिसँग शुक्रबार राती टेलिफोन वार्ता हुने बताउनु भएको थियो ।
‘हामी चीन र अन्य देशहरुसँग निकै नजिक भएर सहकार्य गरिरहेका छौ’, ट्रम्पले बताउनु भएको छ ।
चीन परम्परागत रुपबाट नै उत्तर कोरियासँग आवद्ध र एक आपसमा असल मित्रको रुपमा रहदै आएको देश हो । तर गत हप्ता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको सत्ताविरुद्ध शृखलाबद्ध रुपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो ।
अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गईरहेको द्धन्द्ध न्युनिकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग कुरा गर्न लागेको हुन सक्ने बताइएको छ ।
अमेरिका र उत्तर कोरियाले केही हप्तादेखि एक अर्कालाई अक्रमणको चेतावनी र चुनौती दिदै आइरहेका छन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ् शुआङ दुई पक्षलाई आफ्ना बोली र व्यवहारमा संबेदनशिल र नियन्त्रित हुन आह्वान गर्नुभएको थियो । उहाँले एक आपसमा बढ्दै गईरहेको तनाव कम गर्न आग्रह पनि गर्नुभएको थियो ।
उहाँले थप्नुभयो, ‘आशा गरौं, प्रेम र शान्तिको बाटोबाट समस्याको समाधान गर्ने तर्फ सवै लाग्ने छन्, त्यही नै म भन्न सक्छु । आशा गरेजस्तै हुनेछ, जे हुन्छ त्यो हामीले देख्न पाउने छौं ।’
यसैबीच प्राप्त भएको एक समाचार अनुसार अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ राष्ट्रपति सीले कोरियाको विषयमा वार्ताको मार्फत नै राजनितिक समाधान खोज्नु पर्नेमा जोड दिनु भएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त