लन्डन । बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको संस्था राप्ती समाज यूकेको वार्षिक भेला गत २९ जुलाईमा लन्डन नजिकै क्याम्बर्लीमा भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमा संस्थाका सहसचिव धन रोकाले स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी जानकारी दिएका थिए । राप्ती समाज यूकेको दश वर्ष पुरा भएको अवसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गोपाल थापा तथा समाजका अध्यक्ष हिक्मत सिं रोकाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरे ।
स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष केशर रोकाले समाजले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति जोगाउनुका साथै नेपालमा राप्तीवासीको सुःख दुःखमा साथ दिंदै आएको बताए ।
निर्वाचन समितिका अध्यक्ष घमानसिं घर्तीमगरले नयाँ कार्यसमितिको घोषणा गर्नुकासाथै पदाधिकारी तथा सदस्यहरुको सफल कार्यकालका लागि शुभकामना दिए ।
संस्थाको दश वर्षे इतिहासको समीक्षा गर्दै समाजका संस्थापक अध्यक्ष टिकासिं ठकुरीले समाजले अहिलेसम्म गरेका काम कारवाही र भविष्यको बारेमा संक्षेपमा प्रकाश पारेका थिए । सो कार्यक्रममा शैक्षिक क्षेत्रमा राम्रो गर्ने बालबालिकाहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
सांगीतिक कार्यक्रमको सन्चालन समाजकी सांस्कृितक सदस्य करिश्मा घर्ती र लक्ष्मी घर्ती मगरले गरेका थिए । कार्यक्रममा नेपालबाट आएकी कलाकार जानकी तारमी मगरले सांगीतिक प्रस्तुति दिएकी थिइन् । त्यसैगरी बेलायतस्थित कलाकार विश्वदीप मगरले पनि भरपुर मनोरन्जन गराए ।
सो अवसरमा समाजका अध्यक्ष हिक्मतसिं रोकाले आफूहरु केही लिन भन्दा समाजलाई केही दिन भनेर आएको बताउँदै समाज सबै राप्तीवासीको साझा मन्च भएको उल्लेख गरे ।
करिब ४०० जनाको सहभागिता भएको सो कार्यक्रमको सन्चालन समाजका सचिव दिनेश खड्काले गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी