लन्डन । बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको संस्था राप्ती समाज यूकेको वार्षिक भेला गत २९ जुलाईमा लन्डन नजिकै क्याम्बर्लीमा भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमा संस्थाका सहसचिव धन रोकाले स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी जानकारी दिएका थिए । राप्ती समाज यूकेको दश वर्ष पुरा भएको अवसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गोपाल थापा तथा समाजका अध्यक्ष हिक्मत सिं रोकाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरे ।
स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष केशर रोकाले समाजले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति जोगाउनुका साथै नेपालमा राप्तीवासीको सुःख दुःखमा साथ दिंदै आएको बताए ।
निर्वाचन समितिका अध्यक्ष घमानसिं घर्तीमगरले नयाँ कार्यसमितिको घोषणा गर्नुकासाथै पदाधिकारी तथा सदस्यहरुको सफल कार्यकालका लागि शुभकामना दिए ।
संस्थाको दश वर्षे इतिहासको समीक्षा गर्दै समाजका संस्थापक अध्यक्ष टिकासिं ठकुरीले समाजले अहिलेसम्म गरेका काम कारवाही र भविष्यको बारेमा संक्षेपमा प्रकाश पारेका थिए । सो कार्यक्रममा शैक्षिक क्षेत्रमा राम्रो गर्ने बालबालिकाहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
सांगीतिक कार्यक्रमको सन्चालन समाजकी सांस्कृितक सदस्य करिश्मा घर्ती र लक्ष्मी घर्ती मगरले गरेका थिए । कार्यक्रममा नेपालबाट आएकी कलाकार जानकी तारमी मगरले सांगीतिक प्रस्तुति दिएकी थिइन् । त्यसैगरी बेलायतस्थित कलाकार विश्वदीप मगरले पनि भरपुर मनोरन्जन गराए ।
सो अवसरमा समाजका अध्यक्ष हिक्मतसिं रोकाले आफूहरु केही लिन भन्दा समाजलाई केही दिन भनेर आएको बताउँदै समाज सबै राप्तीवासीको साझा मन्च भएको उल्लेख गरे ।
करिब ४०० जनाको सहभागिता भएको सो कार्यक्रमको सन्चालन समाजका सचिव दिनेश खड्काले गरेका थिए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस