लन्डन । संयुक्त राज्य अमेरिकाको सबैभन्दा उत्तरपश्चिमी भूभाग अलास्काबाट एक सन्देश पठाउंदै काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सबै मित्रहरुलाई बेलायतमा यही सेप्टेम्बर महिनाको शुरुमा हुन लागेको आवासीय ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको छ।
अमेरिकाका विभिन्न शहर तथा क्यानडाको भ्यानकुभरमा ध्यान शिविर सन्चालन गरी अलास्का पुग्नुभएका स्वामी अरुणले सेप्टेम्बरको १ देखि ४ तारिखसम्म लण्डन नजीकै बेजीङस्टोकमा हुन लागेको ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको हो।
शिविरसंबन्धी जानकारी यो लिङ्कमा उपलब्ध छ।
https://www.meetup.com/Oshomed iationgroup/events/236000688/
थप जानकारीकालागि स्वामी ध्यानशङ्करलाई [email protected] वा फोन नं हरु 07886018119/07771687332/074281 90745 मा संपर्क गर्न पनि आयोजकहरुले आग्रह गरेका छन्।
गएको दश वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएका स्वामी अरुण यही अगष्ट महिनाको अन्तिम साता लण्डन आइपुग्दै हुनुहुन्छ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि