अलास्काबाट बेलायत आउंदै स्वामी अरुण

लन्डन । संयुक्त राज्य अमेरिकाको सबैभन्दा उत्तरपश्चिमी भूभाग अलास्काबाट एक सन्देश पठाउंदै काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सबै मित्रहरुलाई बेलायतमा यही सेप्टेम्बर महिनाको शुरुमा हुन लागेको आवासीय ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको छ।

अमेरिकाका विभिन्न शहर तथा क्यानडाको भ्यानकुभरमा ध्यान शिविर सन्चालन गरी अलास्का पुग्नुभएका स्वामी अरुणले सेप्टेम्बरको १ देखि ४ तारिखसम्म लण्डन नजीकै बेजीङस्टोकमा  हुन लागेको ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको हो।

शिविरसंबन्धी जानकारी यो लिङ्कमा उपलब्ध छ। 

https://www.meetup.com/Oshomed iationgroup/events/236000688/

थप जानकारीकालागि स्वामी ध्यानशङ्करलाई  [email protected] वा  फोन नं हरु 07886018119/07771687332/074281 90745 मा संपर्क गर्न पनि आयोजकहरुले आग्रह गरेका छन्।

गएको दश वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएका स्वामी अरुण यही अगष्ट महिनाको अन्तिम साता लण्डन आइपुग्दै हुनुहुन्छ।

संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री