लन्डन । मगर संघ युकेको मातहतमा गठित मगरात संघर्ष समितिले मगरात अभियानलाई गाउं गाउंसम्म पुरयाउन बौद्धिक अन्तरक्रिया र प्रशिक्षण गर्ने भएको छ ।
समितिको हालै फार्नब्रोमा बसेको बैठकले प्रदेश नम्बर २ को निर्वाचनपश्चात नेपाल मगर संघसित समन्वय गरी हालैको स्थानिय निर्वाचनमा निर्वाचित मगर जनप्रतिनिधिसित एक बौद्धिक कार्यक्रम गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष ओमप्रसाद काउचाको संयोजकत्वमा भएको सो बैठकले मगर अध्ययन केन्द्रसित पनि सम्पर्क गर्ने निर्णय गरेको छ । सोको संयोजकको जिम्मेवारी अध्यक्ष नेम थापा र उपाध्यक्ष तथा वैदेशिक विभागका संयोजक बमथापा सूर्यवङ्शीलाई जिम्मा दिइएको छ । बैठकले सम्पूर्ण जिम्मा संयोजक ओमप्रसाद थापा काउचा र सदस्य मेजर रिटायर डा. प्रेम आलेलाई दिएको छ ।
बैठकमा उपस्थित मगर संग युकेका अध्यक्ष नेम थापा मगर, निवर्तवान अध्यक्ष दुत पुन मगर, केन्द्रीय मगर संघ युरोप साथै युएसए संयोजक तथा एनआरएनए युकेका उपाध्यक्ष श्रीमती शान्ति थापा कुंवर र नेपाल संयोजक तथा सल्लाहकार क्या. रि कृष्णकुमार आले मगर, वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीमगर, कोषाध्यक्ष नेत्र आले मगर थिए भने मगरात संघर्ष समितिका सदस्यहरूमा मेजर रिटायर्ड डा प्रेम आले मगर, श्रीमती गोमा राना मगर, श्रीमती हेमा राना मगर, श्रीमती जमुना पुन गर्बुजा मगर बैठकमा उपस्थित थिए । अन्य सदस्यहरु होम रोका, कुमार राना मगर, हिक्मतसिङ रोकामगर, तेज बहादुर राम्जाली मगर र होम रानाले सल्लाह सुझाव दिएका थिए । बैठकको सञ्चालन सदस्य मेजर रिटायर्ड डा प्रेम आलेले गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त