लन्डन । नेपालीको मौलिक संस्कृति र पहिचान प्रतिनिधित्व हुने गरि सबै नेपालीलाई एउटै थलोमा उभ्याउन लन्डनमा ‘नेपाली प्रतिभा नक्षत्र २०१७’ सांझ गरिने भएको छ ।
यही आइतबार १३ अगष्ट २०१७, प्लमस्टिडको एसियन कम्युनिटी हलमा सांझ ५ देखि ११ बजे सम्म कार्यक्रम हुन लागेको हो ।
गोर्खा क्लब र खस समाज यूकेको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बालबालिका र युवाहरुको प्रतिभा उजागर गर्ने आयोजकको उद्देश्य छ ।
मुख्य संयोजक कलाकार मनिष श्रेष्ठले नेपाली कला, संस्कृतिको जगेर्ना र प्रतिभाहरुलाई प्रोत्साहन गर्न पृथक शैलीमा कार्यक्रम गर्न लागिएको जनाउंदै सहभागी प्रतिभामध्ये उत्कृष्ट छनोट गरि पुरस्कृत गरिने बताए ।
नेपाली कला, संगीत, साहित्य लगायत अन्य विद्याका उत्कृष्ट प्रतिभावान नक्षत्रहरुलाई पुरस्कृत गरिने आयोजकमध्ये एकजना राजेन्द्र खसले बताए । कार्यक्रममा हल सजावट, स्टेज, प्रवेशद्वार आदि नेपालकै झल्को दिने गरि मौलिक बनाइनेछ ।
आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् । कार्यक्रमका सह संयोजक इन्द्र कार्की खस हुन् भने कोरियोग्राफी सिम्मी पुनको जिम्मामा छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने