लन्डन । गुल्मी जिल्ला समाज यूकेको दशौं वार्षिकोत्सव आइतबार अल्डरसटको कन्नट स्कुल प्रांगणमा सम्पन्न भयो । उक्त अवसरमा गुल्मेली र गैर गुल्मेली गरि झण्डै १३ सय मानिस एकत्रित भए । बीबीक्यूसहित सालैजो, पन्चे बाजा, तीज गीत, झ्याउरे देखि स्टेजमा लोकदोहोरी समेतले कार्यक्रममा रौनकता थपेको थियो । तर, सयौं सहभागी र हजारौं खर्च भएको उक्त कार्यक्रममा शौचालय छिर्दा भने नेपालको बस पार्क वा हाट बजारतिर रहे भन्दा फरक अनुभूति भएन । मानिसहरुको भीड छिचोलि नसक्नु थियो । थोरै ट्वाइलेट त्यो पनि सबै ब्लक भएर पानी र पिसाबको बाढी बाहिर प्यासेजसम्म आइपुगेको थियो । ट्वाइलेटमा न टिस्यू पेपर थियो न साबुन ।
‘हेल्थ एण्ड हाइजिन’ लाई बेलायतमा गम्भीर रुपमा लिइन्छ । बेलायतको नेपाली समुदायमा सबैभन्दा ठूलो समाज भनिने गुल्मी जिल्ला समाज यूकेले ‘पोर्टेबल लु’ व्यवस्था नगर्दा त्यो हविगत भयो । आगामी वर्ष त यसतर्फ ध्यान दिने हो कि आयोजकले ?
भिडियोमा हेर्नुहोस् शौचालयको हालतः
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ