लण्डन । पाल्पा जिल्ला समाज युकेको समर भेटघाट सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पाएर हलमा भएको सो भेटघाट समाजका अध्यक्ष बम थापा सूर्यवंशीमगरको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष वाचस्पति रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने प्रमुख अतिथि, अध्यक्ष सूर्यवंशी र लेफिटनेण्ट कर्णेल यम रानाले प्रथम भिक्टोरिया क्रस विजेता कुलवीर थापाको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा समाजको मुखपत्र पाल्पाली भञ्ज्यांगको पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. क्षेत्री, लेफ्टिनेण्ट कर्णेल यम राना, मगर संघ युकेका अध्यक्ष नेम थापा, मोना युकेका अध्यक्ष कमल पुर्जा, गोरखा जिल्ला समाज युकेका उपाध्यक्ष कर्ण दर्लामी, तनहुँ समाज युकेका उपाध्यक्ष केशरबहादुर राना, पाल्पा जिल्ला समाज युकेका पूर्व अध्यक्ष श्यामसिंह राना, एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक दुतबहादुर पुन, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, मेजर रिटायर्ड कृष्णकुमार आले लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा ग्राजुयसन गर्ने नानीहरु, आजिवन सदस्यहरुलाई सम्मान र प्रमाण पत्र दिइएको थियो । यसैगरी, कलाकारहरु राजु ढकाल, जमुना राना, कुमार पुन र स्थानीय कलाकारहरुले कार्यक्रममा मनोरञ्जन दिएका थिए ।
औपचारिक कार्यक्रमको संचालन महासचिव खुम कन्बार र मीन सारु तथा साँस्कृतिक कार्यक्रम विष्णु सूर्यवंशीले चलाएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार