मस्को (रसिया) २० साउन । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका-रसिया सम्बन्ध निकै सङ्कटोन्मुख अवस्थामा पुगेको शुक्रबार बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका-रसिया सम्बन्धमा समस्या आएको जनाउनुभएको थियो । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताउनुभएको थियो ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, ‘हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त कुरा वास्तविक देखिन पुगेको छ ।’
दुवै मुलुक र जनताबीच पारस्पारिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो ।
संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रसियाी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल ‘ग्र्याण्ड जुरी’ गठन गरेको चर्चा विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा सम्भावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेका छन् ।
राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन् । जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानविनको दायरामा ल्याउने तयारी गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएपनि अमेरिकी केन्द्रिय गुप्तचर निकाय (एफबिआई) लगायतका बिभिन्न एक दर्जनभन्दा बढी संस्थाले निर्वाचनमा रसियाली हस्तक्षेप रहेको बताएका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त