लन्डन । कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न निर्वाचनमा उपसभापति युवराज गुरुङले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । शुक्रबार सांझ सञ्चारकर्मीमाझ गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी सेप्टेम्बर दोश्रो साता समितिको अधिवेशन हुने तयारी छ । झण्डै ९ वर्षपछि अधिवेशन हुन लागेको हो ।
सर्वसम्मत चयन आफ्नो पहिलो प्राथमिकता रहेको बताउंदै गुरुङले सहमति नभए प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमा जाने उद्घोष गरे । ‘प्रजातन्त्रमा विश्वास गर्ने हामी परिआए चुनावमा पनि होमिनु पर्छ’, उनले भने, ‘सकेसम्म सबै पक्षलाई समेटेर लैजाने मेरो योजना छ । संगठन बलियो बनाउने मेरो मुख्य उद्देश्य छ ।’
आफूले नेतृत्व सम्हाल्न पाए प्रजातन्त्रको जननी बेलायतको लोकतान्त्रिक अभ्यास मुल पार्टी कांग्रेससमक्ष गराउन पहल गर्ने उनको प्रतिवद्धता छ । नेपाली जनसम्पर्क समिति बेलायत सबैको साझा संगठन हो भन्ने आभास गराउन आफू लागिपर्ने पनि उनले बताए ।
नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेकाले त्यसका लागि केन्द्रसम्म आफ्नो प्रयास रहने उनको भनाइ छ ।
मानवअधिकार र भूपू गोर्खाहरुका माग समाधान गर्ने सवालमा आफ्नो र पार्टीको सक्रिय सहयोग रहने अठोट समेत उनले गरेका छन् ।
समितिमा महिला सहभागिता र बेलायतस्थित नेपाली संघसंस्थाको सहकार्यमा उनको जोड छ ।
सदस्यता लिएर अधिवेशनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै केही व्यक्ति प्रतिष्पर्धासंग डराएर निर्वाचनमा आउन नखोजे पनि अधिवेशन भएरै छाड्ने उनको दावी छ ।
नेपाली जनसम्पर्क समिति बेलायतको वर्तमान उपसभापति गुरुङ महासमिति सदस्य, संखुवासभाबाट महाधिवेशन प्रतिनिधि, हङकङ समितिको संस्थापक सदस्य, ०४६ सालमा नेबिसंघ संखुवासभा जिल्ला कमिटीको उपसभापति, ०४८ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानको इकाइ उपसभापति भएर राजनीतिक अनुभव लिइसकेका छन् ।
तस्विरः शिव भण्डारी
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]