लन्डन । कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न निर्वाचनमा उपसभापति युवराज गुरुङले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । शुक्रबार सांझ सञ्चारकर्मीमाझ गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी सेप्टेम्बर दोश्रो साता समितिको अधिवेशन हुने तयारी छ । झण्डै ९ वर्षपछि अधिवेशन हुन लागेको हो ।
सर्वसम्मत चयन आफ्नो पहिलो प्राथमिकता रहेको बताउंदै गुरुङले सहमति नभए प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमा जाने उद्घोष गरे । ‘प्रजातन्त्रमा विश्वास गर्ने हामी परिआए चुनावमा पनि होमिनु पर्छ’, उनले भने, ‘सकेसम्म सबै पक्षलाई समेटेर लैजाने मेरो योजना छ । संगठन बलियो बनाउने मेरो मुख्य उद्देश्य छ ।’
आफूले नेतृत्व सम्हाल्न पाए प्रजातन्त्रको जननी बेलायतको लोकतान्त्रिक अभ्यास मुल पार्टी कांग्रेससमक्ष गराउन पहल गर्ने उनको प्रतिवद्धता छ । नेपाली जनसम्पर्क समिति बेलायत सबैको साझा संगठन हो भन्ने आभास गराउन आफू लागिपर्ने पनि उनले बताए ।
नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेकाले त्यसका लागि केन्द्रसम्म आफ्नो प्रयास रहने उनको भनाइ छ ।
मानवअधिकार र भूपू गोर्खाहरुका माग समाधान गर्ने सवालमा आफ्नो र पार्टीको सक्रिय सहयोग रहने अठोट समेत उनले गरेका छन् ।
समितिमा महिला सहभागिता र बेलायतस्थित नेपाली संघसंस्थाको सहकार्यमा उनको जोड छ ।
सदस्यता लिएर अधिवेशनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै केही व्यक्ति प्रतिष्पर्धासंग डराएर निर्वाचनमा आउन नखोजे पनि अधिवेशन भएरै छाड्ने उनको दावी छ ।
नेपाली जनसम्पर्क समिति बेलायतको वर्तमान उपसभापति गुरुङ महासमिति सदस्य, संखुवासभाबाट महाधिवेशन प्रतिनिधि, हङकङ समितिको संस्थापक सदस्य, ०४६ सालमा नेबिसंघ संखुवासभा जिल्ला कमिटीको उपसभापति, ०४८ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानको इकाइ उपसभापति भएर राजनीतिक अनुभव लिइसकेका छन् ।
तस्विरः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार