लण्डन- ग्लोबल पोलिसी फोरमका अध्यक्ष तथा युनिभर्सिटी अफ लिड्समा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य पी सुवेदीले डा गोविन्द केसीका मागहरु तत्काल पुरा गर्न नेपाल सरकारलाई आह्वान गर्नुभएको छ।
शनिबार एक विज्ञप्ती जारी गर्दै प्रा. सुवेदीले डा. केसीले जारी राख्नुभएको अभियान नेपाल र नेपालीको सर्वोत्तम हितमा भएको बताउनुभयो । ‘उहाँले नेपालमा उच्च शिक्षाको व्यवस्थापन र प्रशासनलाई राजनीतिमुक्त बनाउन खोज्नुभएको छ’, विज्ञप्तीमा भनिएको छ।
‘उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा उच्चशिक्षाको गुणस्तर नराम्रोसंग प्रभावित भएको छ। नेपालको आर्थिक विकासकालागि गुणस्तरीय शिक्षा एक पूर्व शर्त हो । त्यसैले डा. केसीका मागहरुलाई संबोधन गरेर नेपालमा उच्च शिक्षाको भविष्यकाबारे एउटा वृहत् पुनरावलोकन गर्न आवश्यक भैसकेको छ’, प्रा. सुवेदीले आफ्नो वक्तव्यमा भन्नुभएको छ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार